काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रमा समाचार नै खरिद गर्ने गरेको घटना निकै कम सुनिन्छ । तर यतिखेर समाचार नै खरिद गरेर आफ्ना गल्ती ढाकछोप गर्ने काममा काठमाडौं महानगरपालिका लागेको कर्मचारी स्रोत बताउछ । काठमाडौं महानगरपालिकाले आफ्नाविरुद्ध समाचार लेख्नेहरूलाई महानगर दिवसका अवसरमा ५० हजारका दरले १० जना पत्रकारहरूलाई पुरस्कार दियो । गतवर्ष चाहिं १५ हजार पुरस्कार काठमाडौं महानगरपालिका दिंदा नलिने कान्तिपुर दैनिकका दीपेन्द्र विष्टले ५० हजार पाएपछि लिए ।
त्यस्तै अन्नपूर्ण पोष्टबाट पनि कहिल्यै महानगरपालिको समाचार नलेख्ने छेटु शेर्पाले ५० हजार हात पारे भने नागरिक, अनलाइनखवर लगायतकालाई विरोधमा समाचार लेखेकै कारण उनीहरूलाई फकाउने गरी पुरस्कार दिइएको आरोप केही इमानदार कर्मचारीहरूको छ । त्यसो गरेपछि विगतमा महानगरको समाचार लेख्नेहरू समाचार पत्रका ईश्वर ढकाल हुन् वा अन्नपूर्ण दैनिककै सुवास गोतामे, गोपीकृष्ण ढुंगानाहरू रिसाउनु रिसाए काठमाडौं महानगर पालिकासंग ।
पछिल्ला समयमा महानगर पालिकाको विपक्षमा समाचारहरू धमाधम आउन थालेपछि महानगरपालिकाले विज्ञापन दिने होइन । समर्थनमा समाचार लेख्ने शर्तसहितको सम्झौतापत्रमा हस्ताक्षर गराएर रकम बाँड्न थालेको खबर छ । महानगरपालिकाले आफ्नै समाचारका लागि आफ्नै अनलाईन तथा रेडियो सञ्चालन गरेको छ । तर, यी दुवै संचार माध्यम प्रभावकारी नभएको भन्दै अहिले पुरस्कृत गरिएका १० सञ्चार माध्यमबाहेक चक्रपथ, खरिबोट, भिजन नेपाललगायतका अनलाईनलाई समर्थनमा समाचार(पेड न्यूज) लेख्ने गरी मासिक २० हजारसम्म उपलब्ध गराउँदै आएको कर्मचारी स्रँेत बताउछ ।
सरकारी निकायले सूचना तथा विज्ञापन दिने गरेको भएपनि यसरी शर्तसहितको सम्झौता गराएर समाचार(पेड न्यूज) प्रकाशन गरे वापत भुक्तानी दिने सायद काठमाडौं महानगरपालिका नै पहिलो सरकारी निकाय हो । समाचार(पेड न्यूज) प्रसारण गरे वापत भन्दै भुक्तानी लिनु र दिनु दुबै पत्रकार आचार संहिता विपरीत नै पर्दछ । तर, स्थानीय सरकारकारुपमा रहेको काठमाडौं महानगरपालिका महानगरबासीको काममा भन्दा पनि यस्तै यस्तै पैसा बाँड्ने काममा सक्रिय देखिएको छ ।
हुन पनि महानगर प्रमुखमा विद्यासुन्दर शाक्यले नेतृत्व लिएपछि महानगरबासीहरूले तिरेको कर मनलाग्दीसंग सम्झौता गर्दै बाँड्ने गरेका छन् । पछिल्लो समयमा सडकमा रहेका माग्नेहरूलाई संरक्षण गर्न भन्दै मानव सेवा आश्रमलाई बार्षिक २४ लाख उपलब्ध गराएको छ । त्यस्तै अन्य धेरै संघ÷संस्थालाई बेतुकमा रकम बाँडेर महानगरवासीले तिरेको कर दुरुपयोग गर्दै आईरहेका छन् विद्यासुन्दर शाक्य । (साँघु साप्ताहिक, माघ १४)



