🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रेस सेन्टरको महाधिवेशन रोक्ने षडयन्त्रमा अध्यक्ष जुगल ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट प्रेस सेन्टरको महाधिवेशन पुनः सार्ने रणनीतिमा अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ रहेको आरोप उनका निकट स्रोतले लगाएका छन् ।

स्रोतका अनुसार, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमल गिरीलाई प्रेस सेन्टरको अध्यक्ष बनाउन निर्देशन दिएपछि जुगलले आफ्नो पदावधि लम्ब्याउने उद्देश्यले महाधिवेशन सार्ने योजना बनाएका हुन् ।

एक वर्षअघि तय गरिएको २०८१ माघ १५ गतेको महाधिवेशन स्थगित गर्दै आगामी २०८१चैत १६ र १७ गते गर्ने निर्णय गरिए पनि अब फेरि त्यसलाई सार्ने षड्यन्त्र भइरहेको प्रेस सेन्टरकै एक पदाधिकारीले साँघु न्यूज डकमलाई जानकारी दिए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेल नेतृत्वको असफल कार्यकालसँग तुलना गर्दै ती पदाधिकारीले जुगल पनि सोही पथमा रहेको बताए । उनका अनुसार कमल गिरीसँग निर्वाचनमा पराजित हुने निश्चित भएपछि जुगलले महाधिवेशन सार्ने चालबाजी गरिरहेकाे आराेप प्रेस सेन्टरका पत्रकारहरूकाे रहेकाे छ ।  

"अब कुनै बहानामा महाधिवेशन पुनः सारियो भने जुगललाई राजीनामा दिन बाध्य पारिनेछ," ती पदाधिकारीले चेतावनी समेत  दिए ।

(फाइल फाेटाे)