🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अजिंक्य रहाने बने कोलकोताको कप्तान

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्सले सिनियर खेलाडी अजिंक्य रहानेलाई आफ्नो कप्तान बनाएको छ ।

कोलकोताले सोमबार आजिख्यलाई २०२५ सिजनका लागि कप्तान बनाएको जानकारी दिएको हो । त्यस्तै कोलकोताले वेंकटेश अय्यरलाई उपकप्तान बनाएको छ ।

अजिंक्यलाई कोलकोताले अक्सनबाट डेढ करोड भारुमा लिएको थियो ।

गत सिजन कोलकोताको कप्तानी गरेका श्रेयस अय्यरलाई रिलिज गरेपछि कोलकोताको कप्तान को बन्ने भन्ने बारे अनेकौ अड्कलबाजी भएका थिए । ३६ बर्षिय रहाने यस अघि मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स जस्ता फ्रेंचाइजीबाट आइपिएल खेलिसकेका छन् भने २०२२ मा कोलकोताबाट पनि आइपिएल खेलेका थिए । उनी हाल मुम्बईको रणजी टिमको कप्तान पनि हुन् ।

यस सिजनको आइपिएल यहि मार्च २२ देखि शुरु हुदै छ । कोलकोताले पहिलो दिन नै आफ्नो घरेलु मैदान इडेन गार्डेनमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दै छ ।