🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुपन्देहीमा गोली हानी युवाको ह*त्या

भैरहवा । रुपन्देहीको मायादेवी–२ महदेवा(डङ्गचाहावाका) का २९ बर्षीय युवाको गोली हानी हत्या भएको छ । शुक्रबार राति घर भएकै बेला राकेश सिंह लोध (राजु)माथि गोली प्रहार गरी हत्या भएको हो ।

रातिको बेला उनको शरीरमा गोली प्रहार भएको देखिन्छ, बिहान अवेरसम्म नउठेका उनलाई स्थानीयले घरको बरन्डामा मृत अवस्थामा शव भेटिएको थियो । गोली लागेर उन्को घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन ।

गोली हो वा कसरी मृत्यु भयो भन्ने खुलेको छैन घटनास्थलमा नेपाल प्रहरीको टोली अनुसन्धान गर्दैछ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे । विहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा रक्ताम्य मृत अवस्थामा भेटिएको उनले भने ।

शव पोष्टमार्टमाका लागि भैरहवा स्थित भीम अस्पताल पठाउन लागिएको छ । एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे, घरायसी कारणलेउन्को हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन । लोधको टाउँकोमा २ राउण्ड गोली चलाईएको स्थानीयले बताएका छन । स्थानीयका अनुसार दाजुभाइबिच जग्गाको विषयमा केही महिनादेखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाईले हत्या गरेको हुन सक्ने आरोप छ । मृतकका दाजु दिपक लोध फरार छन् ।