काठमाडाैं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्राप्त प्रतिष्ठित पुरस्कार 'the HRM Awards for Corporate Excellence 2024' बाट सम्मानित भएको छ। यस बैंकलाई कर्पोरेट क्लब नेपालद्वारा वार्षिक रुपमा आयोजित अवार्ड समारोहमा "सुरक्षित, सरल र गुणस्तरीय बैंकिङ सेवा" प्रदान गर्ने श्रेणीमा सम्मानित गरिएको हो। यस समारोहमा यस वर्ष २२ विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो।
यो पुरस्कार ('Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company') गरिमा विकास बैंकलाई प्रदान गरिएको हो। यस पुरस्कारको माध्यमबाट बैंकलाई ग्राहकहरुलाई निरन्तर गुणस्तरीय, सुरक्षित र सरल बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता र दक्षता देखाइएको छ।
समारोहको प्रमुख अतिथि गृहमन्त्री रमेश लेखक रहेका थिए । उक्त अवार्ड समारोह २०८१ फागुन १३ गते मंगलबार ललितपुरको द प्लाजा होटलमा आयोजना गरिएको थियो। कार्यक्रममा जुरी मेम्बरको रुपमा प्रो. डा. फत्त बहादुर के.सी. (जुरी चिफ), सशिन जोशी (अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.), सरिता अधिकारी (पूर्व डाइरेक्टर, नेपाल राष्ट्र बैंक), र दिल भुषण पाठक (वरिष्ठ पत्रकार) उपस्थित थिए।
गरिमा विकास बैंकको लागि यो पुरस्कार महत्त्वपूर्ण मानिएकाे छ, जसले आफ्नो व्यवसायिक कर्तव्य र बैंकिङ सेवा प्रवाहमा उत्कृष्टता हासिल गरेकोमा सम्मान प्राप्त गरेको हो । यस पुरस्कारले बैंकलाई अझ प्रोत्साहित र उत्प्रेरित गर्दै भविष्यमा अझ बढी गुणस्तरीय र ग्राहकमैत्री सेवा प्रदान गर्न प्रेरणा दिएको बैंकले बताएकाे छ।
यस उपाधिले बैंकको समग्र उद्देश्यमाथि थप बल पुर्याएको छ जसको लक्ष्य आफ्ना ग्राहकलाई सरल, सुरक्षित र उच्च गुणस्तरीय सेवा प्रदान गर्नु हो। गरिमा विकास बैंकले आगामी दिनहरुमा आफ्नो सेवा प्रणालीलाई अझ सशक्त र उत्कृष्ट बनाउने प्रतिवद्धता जनाइरहेको छ।
यस खुशीको अवसरमा, गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण ग्राहकहरु, शेयरधनी, सरोकारवालाहरु, नियमनकारी निकाय र शुभचिन्तकहरुलाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
वर्तमानमा, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५० एटीएम र नविनतम डिजिटल बैंकिङ सेवामार्फत देशभरि सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ। यस बैंकको उद्देश्य भनेको आफ्नो सेवा दायरा र गुणस्तरीयतालाई अझ बढी बढाउँदै ग्राहकहरुको विश्वास र सन्तुष्टि कायम राख्नु हो।
प्रतिकृया दिनुहोस