• बिहीबार-फाल्गुण-१५-२०८१

ल्वाङ खानुका यी हुन् फाइदा

 

प्रतिरक्षा कमजोर भएका व्यक्तिहरुले ल्वाङको सेवन गर्नु निकै उपयुक्त मानिन्छ । दैनिक दुई दाना ल्वाङ खानु फाइदाजनक मानिन्छ । यसमा एन्टीअक्सिडेन्ट र भिटामिन सी हुने गर्दछ, जसले प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र रुघाखोकी लाग्न दिँदैन । 


–दाँतको समस्यामा ल्वाङको सेवन गर्न सकिन्छ । यसले प्राकृत्रिक पेनकिलरको काम गर्दछ । बिहान खाली पेट ल्वाङ चुस्ने गर्नाले दाँतको दुखाई र गिजाको समस्या कम हुन्छ । 


–बारम्बार रुघा र खोकीको समस्या देखिन्छ भने ल्वाङ निकै फाइदाजनक हुन्छ । यसमा एन्टीब्याक्टेरियल र एन्टी भाइरल गुण हुन्छ, जसले घाँटीको खसखस हुने समस्या हुन दिँदैन र रुघा लाग्नबाट पनि बचाउँछ । साथै यसले शरीरलाई तातो राखिराख्न पनि मद्दतगर्दछ । 


–श्वास गन्हाउने समस्या छ भने ल्वाङ चुस्ने बानी गर्नुपर्दछ । यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ, जसले मुखको ब्याक्टेरिया अन्त गर्न र श्वासलाई ताजा बनाउन राम्रो भूमिका खेल्छ । 


–नसालु पदार्थको लत छ भने पनि त्यस्तो लत हटाउन यसले ठूलो मद्दत गर्दछ । चुरोट, रक्सी तथा अन्य खराब चिज सेवन गर्ने लत छ भने तलतल लागेको अवस्थामा ल्वाङ चुस्न सकिन्छ ।


–शरीरलाई विषाक्तरहित बनाउन पनि यसले राम्रो भूमिका खेल्छ । यसको नियमित सेवनले कलेजो सफा गरी शरीरलाई विषाक्तरहित बनाउन मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८१ फागुन १२)
 

प्रतिकृया दिनुहोस