🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड

काठमाडौं । बलिउड अभिनेता गोविन्दा र श्रीमती सुनिता आहुजाबीच डिभोर्सको हल्लाले बलिउड तातेको छ । २०८१ फागुन १३ गते मंगलबार भारतीय केही सञ्चारमाध्यममा यी दुवैबीचको सम्बन्धलाई लिएर गसिप आएपछि सर्वत्र चासो बढेको हो ।

जीन्युजइन्डियाले गोविन्दा एक मराठी अभिनेत्रीसँग प्रेम सम्बन्धमा रहेको भन्दै सोही कारण सुनिताले डिभोर्स लिन चाहेको समाचार उल्लेख गरेको छ । तर, ती मराठी अभिनेत्री को हुन् भन्ने नाम खुलाइएको छैन । गोविन्दा र सुनिताबीच ३७ वर्ष अगाडि विवाह भएको थियो । सुनिता नेपाली मूलकी हुन् ।

केही समयअघिदेखि नै सुनिताले मिडियामा आफू अलग्गै बस्दै आएको बताउँदै आएकी छन् । गोविन्दा खराब मानिसको संगतमा रहेकाले आफू छोराछोरी अलग्गै बसेको उनको भनाइ थियो ।

गोविन्दा भने यो अपार्टमेन्टको सामुन्ने भएको अर्को बंगलामा बस्ने उनको भनाइ थियो । दुवैको जीवनशैली पनि फरक छ । गोविन्दा १० जना मानिसहरूले घेरिएर बसेका हुने पनि उनले बताइन् । तर आफूलाई छोराछोरीको साथमा एक्लै बस्न मन पर्ने उनको भनाइ थियो ।

मिडियाले चलाएका डिभोर्सको अफवाहमा गोविन्दा र उनको परिवारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।