🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रोलरको ठक्करबाट कालिमाटीमा एक जनाको मृत्यु, फरार चालक पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-१३ पुरानो कालिमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ गंगाजमुना गाउँपालिका-५ का ५५ वर्षीय साने गुरुङ रहेका छन्।

निर्माणाधीन पिच सडक पेल्ने रोलरले शुक्रबार बिहान राति १ बजे गुरुङलाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक मकवानपुर थाहा नगरपालिका-५ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्यूचाटार बस्दै आएका १८ वर्षीय उमेश स्याङताङ पक्राउ परेका छन्।

दुर्घटना गराएर फरार भएका उनलाई स्यूचाटारबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। स्याङताङलाई प्रहरी वृत्त कालिमाटीमा पठाइएको प्रहरीले जनाएको छ।