🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसएसपी र डिआईजी बढुवामा सकस

काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले लामो समयदेखि रोकिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)देखि प्रहरी नायब महानिरीक्षक (डिआईजी) सम्मको बढुवा प्रक्रिया अघि बढाएको छ । संगठनमा हाल तीन डिआइजी, तीन एसएसपी, १५ एसपी, २५ डिएसपी र ७४ जना इन्स्पेक्टरको पद रिक्त रहेको स्रोत बताउछ । डिआइजीको बढुवा प्रकृया रोकिँदा रिक्त रहेका अन्य पदमा पनि बढुवा प्रक्रिया अवरुद्ध हुन पुगेको भन्दै संगठनभित्र निकै गुनासो बढेको थियो । जसले गर्दा सयौं सशस्त्र प्रहरीहरूको क्यारियर नै डामाडोल हुन पुगेको चर्चा चल्दै आएको छ । १६ वर्षमा यसअघि बल्ल इन्स्पेक्टरहरू डिएसपीमा बढुवा भएका थिए ।

सुनियोजित रूपमा अमूक व्यक्तिलाई डिआईजी बढुवा गर्नका लागि संगठन प्रमुख आईजीपी राजु अर्याल अनिर्णयको बन्दी हुन पुगेको चर्चा हुने गरेको थियो । गृहले सम्पूर्ण बढुवा प्रक्रिया रोकेर अवरुद्ध गरेकोमा सशस्त्र प्रहरीभित्र असन्तुष्टि चुलिएको थियो । तर, ढिलै भएपनि ०८१ फागुन २ गते शुक्रबार प्रकाशित सूचनामा बढुवाका लागि तीन दिनको समय दिएर मूल्यांकन फारम भर्न भनिएको छ । बढुवा समितिका सदस्य सचिव रहेका एआईजी वंशीराज दाहालले सो सूचना जारी गरेका हुन् ।

सूचनामा साधारणतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) (क) बमोजिम बढुवा गर्नुपर्नेछ । त्यसो भएकाले सम्भाव्य उम्मेद्वारहरूले आवश्यक पर्ने प्रमाण पत्रका प्रतिलिपीहरु संलग्न गरी अनुसूची १३ बमोजिमको मूल्यांकन फारम भर्नका लागि भनिएको छ । सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र गृह मन्त्रालय बढुवा समितिको सचिवालयमा पेश गर्न संगठनले सूचित गरेको छ । सशस्त्र प्रहरी बलमा डीआईजी बढुवाका लागि एसएसपीहरू कृष्णराज पाठक, मनिष थापा, कृष्ण ढकाल, प्रविण कँडेललगायत आधा दर्जन दावेदार रहेका छन् ।

२०५९ सालमा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका दीपेन्द्र कुँवर ७४ औं नम्बरमा रहेका थिए । तर, डिएसपीबाट एसपीमा बढुवा हुँदा उनी १० औं नम्बरमा पर्न सफल भए । एसएसपीमा बढुवा हुँदा भने उनी राजनीतिक शक्तिको बलमा व्याची नै टपेर बढुवा हुन सफल भए । विगत तीन वर्षदेखि उनी सशस्त्र प्रहरीको आकर्षक मानिने प्रबन्ध महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छन् । डिआईजी बढुवा गर्दा उनलाई एक नम्बरमा पार्नका लागि नै विगत ६ महिनादेखि संगठनले गृहको अनौपचारिक आदेशमा बढुवा रोकेको भन्दै आइजीपी अर्यालको आलोचना हुँदै आएको छ ।

सिनियर एसएसपी पाठक, थापा र ढकालमध्ये एकलाई रोकेर कुँवरलाई एक नम्बरमा डिआईजी बढुवा गर्नेगरी गृह मन्त्रालयमा चलखेल भैरहेको स्रोतले जानकारी दिएको छ । स्रोत भन्छ, ‘सम्भवत ढकाललाई शहीद बनाउने सम्भावना देखिन्छ ।’ एसएसपी कँडेल पनि डिआईजीमा बढुवा हुनका लागि शक्तिकेन्द्र धाउन थालेका छन् । कुँवरले तीन पटकसम्म सशस्त्र प्रहरी बलमा स्टाफ कलेज परीक्षा पास गर्न नसकेपछि नेपाली सेनामा राजनीतिक शक्ति प्रयोग गरेर इन्ट्रान्स परीक्षा नै नदिई भर्ना भएर स्टाफ कलेज पास गरेको आरोप छ ।

उनलाई नारायण पौडेल, कमल गिरीपछिको भावी आईजीपीको लाइनमा पार्ने गरी एक नम्बर डिआईजीमा बढुवा गर्ने चलखेल पनि भैरहेको गृह स्रोत बताउँछ । सशस्त्रमा २०८१ भदौ १६ देखि दुई जना डीआईजीको दरबन्दी रिक्त रहँदै आएको छ ।

२०८१ माघ २३ देखि अर्का डिआईजी किशोर प्रधान अवकासमा भएपछि तीन डिआईजी पद रिक्त हुन पुगेको छ । सर्वोच्च अदालतले २०७५ सालमा पद रिक्त रहेको ३ महिनाभित्र पदपूर्ति गरिसक्न सरकारलाई परमादेश दिएको थियो । तर, अदालतले दिएको परमादेश सशस्त्र प्रहरी बलको हकमा किन लागु हुन सकेको छैन भन्दै गृह मन्त्रालयप्रति वाराम्वार प्रश्न उठ्दै आएको छ । (साँघु साप्ताहिक, २०८१ फागुन ५)