🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

केप क्यानभेरल (अमेरिका), १७ माघ (रासस/एपी) : नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन् ।

कमान्डर सुनीता विलियम्स र बुच विलमोर मर्मत कार्य गर्न र पृथ्वीबाट प्रक्षेपण भएर भेन्टहरूबाट बाहिर निस्किएका कुनै सूक्ष्मजीवहरू अझै जीवित छन् कि भनेर स्टेशनको बाहिरी भाग सफा गर्न बाहिर निस्किनुभएको हो । “अब हामी जान्छौँ”, विलमोरले स्पेनबाट २६० माइल (४२० किलोमिटर) माथि निस्किँदा भन्नुभयो ।

गत जुनमा अन्तरिक्ष स्टेसनमा आइपुगेपछि यो जोडी एक हप्ता मात्रै बस्ने अपेक्षा गरिएको थियो । तर उहाँहरूको नयाँ सवारी, बोइङको स्टारलाइनर क्याप्सुल, यति धेरै समस्यामा प¥यो कि नासाले त्यसलाई खाली फर्काउने निर्णय ग¥यो ।

यसले दुवै परीक्षण पाइलट तथा दुवै सेवानिवृत्त नौसेनाका कप्तानलाई स्पेसएक्सले उहाँहरूलाई घर फर्काउन नसकेसम्म कक्षमा छाड्यो । उहाँहरूको प्रतिस्थापनहरूको प्रक्षेपणमा स्पेसएक्सको ढिलाइका कारण उहाँहरूको मिसन १० महिनासम्म लम्बिने भएकाले त्यो मार्चको अन्त्य वा अप्रिलको सुरुसम्म हुनेछैन ।

विलियम्सले दुई हप्ताअघि नासाका अर्का अन्तरिक्ष यात्रीसँग स्पेस वाक गर्नुभएको थियो । यो यात्रामा विलमोरको पहिलो पटक बाहिर निस्कने अवसर थियो । दुवैले अघिल्ला अन्तरिक्ष स्टेशन बसाइहरूमा धेरै अन्तरिक्ष भ्रमणहरू गर्नुभएको छ ।
–––