🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वास्थ्य सचिव बढुवामा सकस

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन पोखरेल २०८१ फागुन तेस्रो साता सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकासमा जाने भएका छन् । उनको अवकाशसँगै स्वास्थ्य सचिव बढुवाको लागि मन्त्रालय र मातहत निकायमा कार्यरत बाह्रौं तहका डा.संगिता कौशल मिश्र, डा. टंक बारकोटी र स्वास्थ्य सेवा विभागमा हाल महानिर्देशक रहेका डा.विकास देवकोटाले रुची कसरत गर्दै आएको बुझिएको छ । तर, स्वास्थ्य सचिवमा मन्त्री पौडेलले यीमध्ये कसलाई बढुवाका लागि साथ दिनेछन् आजका दिनसम्म पनि संकेत भने दिइसकेका  छैनन् ।

त्यसकारण बाह्रौं तहका मिश्र, बारकोटी र देवकोटामध्ये आगामी दिनमा कसले सचिवमा बाजी मार्ला यसै भन्न सकिने अवस्था नरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सतहमा आएका नामका विषयमा सहमति हुन नसकेको खण्डमा मन्त्रालयले ११औं तहका चिकित्सकलाई पनि सचिव बढुवाका लागि सिफारिस गर्नसक्ने सम्भावना उत्तिकै बलियो रहेको बताइन्छ । तर, बाह्रौं तहका सिनियर सहसचिवलाई पन्छाएर ११औं तह मध्येबाट सचिव बढुवा गरेको खण्डमा भने सिनियर सहसचिवहरूले सचिवलाई नटेर्ने, मन्त्रालयमा प्रशासनिक अराजकता र भद्रगोल बढ्नसक्ने चर्चा पनि हुन थालेको छ ।

राजनीतिक दल, बिदेशी दातृ निकायको दवावसमेत सचिव बढुवामा पर्ने भएकोले मन्त्री पौडेलमाथि यतिखेरदेखि नै तीव्र रुपमा दबाब भने पर्न थालेको बताइएको छ । १२ औं तहका अतिरिक्त सचिवहरूले बढुवाका लागि बढी नै चलखेल गरेको खण्डमा ११ औंलाई सचिवमा बढुवा गर्ने अडकलबाजीहरु पनि हुन थालेको छ । मन्त्री पौडेलले भित्री रुपमा यस्तै प्रचारबाजी गरेर मन्त्रालय सुधारकोक्रममा तीन वटै सिनियर सहसचिवसँग काम लिन खोजेको आशंका पनि मन्त्रालय स्रोतले गरेको छ । (साँघु साप्ताहिक, २०८१ माघ ७)