🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जङ्गली बँदेलसहित दुईजना पक्राउ

तौलिहवा, ५ माघ (रासस) : शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जङ्गली बँदेलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको आज इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

परीक्षणका क्रममा शिवराज नपा–३ समितिचोकबाट लु ३१ प ५०९८ नं को मोटरसाइकलमा मृत बँदेल ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । मृत बँदेलसहित नियन्त्रणमा लिएका दुई जनालाई आवश्यक कारवाहीका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटालाई बुझाइएको छ ।

पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले बताए  । 
––– 
–––