🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिनियाँ बिदेश मन्त्री पुगेको बेला अफ्रिकी देश चाडको राष्ट्रपति भवनमा हमला, १९ को मृ त्यु

काठमाडौं । अफ्रिकी देश चाडको राष्ट्रपति भवनमा बोको हरामले ठूलो आतंकवादी हमला गरेको छ । 

बोको हरामले राष्ट्रपति भवनमा अन्धाधुन्ध गोली चलाए पछिको आक्रमणमा १९ जनाको मृत्यु भएको छ । सुरक्षा बलले आक्रमणकारीलाई पनि मारेका छन् ।

अल जजिराका अनुसार  चीनका विदेशमन्त्री वाङ यीले चाडको राजधानी एनुजामेनामा अधिकारीहरूसँग भेट गरेको केही घण्टापछि सो आक्रमण भएको हो। जसमा १९ जनाको मृत्यु भएको छ । सुरक्षा बलहरूले राजधानी एनुजामेनामा राष्ट्रपति भवनमा आक्रमण गर्नेहरूलाई लडेको बताएका छन्।

समाचार अनुसार चाडका विदेश मन्त्री तथा सरकारका प्रवक्ता अब्देरमाने कौलामल्लाहले आक्रमणकारीहरूमध्ये १८ जनाको मृत्यु भएको र ६ जना घाइते भएको बताएका छन्  । ‘हाम्रा एक सैनिकको पनि मृत्यु भएको छ, तीन जना पनि घाइते भएका छन्, जसमध्ये एकजना गम्भीर छन्,’ उनले भने ।

गोलीबारीको केही घण्टापछि, कौलामल्लाहलाई सैनिकहरूले घेरेको र बन्दुक बोकेको भिडियोमा देखिएको छ । अवस्था पूर्ण रुपमा नियन्त्रणमा रहेको उनले बताए । अस्थिरता गर्ने षडयन्त्र असफल भएको छ ।

सो गोलाबारी हुनु भन्दा केही घण्टाअघि बिदेश मन्त्री वाङ यीले चाडका राष्ट्रपति महामत इड्रिस डेबी र अन्य अधिकारीहरूसँग भेट गरेका थिए।