काठमाडौँ, २८ असोज । चीनबाट एन डी कोर्ष गरेर प्रधान सेनापतिसम्म पदोन्नतिको ढोका खोलेर फर्केका नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाएका छन् । चीनमा एन डी कोर्ष जानु अघि ''अनलाइ ब्याचलर''ले विवादास्पद बनेका सहायक रथी दाहालले सहायक रथीले गर्ने कमाण्ड मध्यको राम्रो मानिने जिम्मेवारी सैनिक प्रवक्ता पनि पर्दछ। सैनिक प्रवक्ताले प्रधानसेनापति, सैनिक सचिवालयसंग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ।
पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।
हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नेछन् । सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा पृतनापतिको जिम्मेवारीसहित सरुवा भएको छ ।
उपत्यका पृतनापतिमा पूर्ण सिलवाल उपत्यका पृतनापति शरद गिरि नेपाली सेनाको व्यवस्था नीति तथा योजना महानिर्देशनालयमा सरुवा भएको छ।
–––




