लमही, १ माघ : दाङको लमहीमा जीपको ठक्करबाट १ बालकको ज्यान गएको छ । बाजुराको फैती गाउँपालिका ३, हाल लमही बस्ने ७ वर्षीय बालक हेमन्त मल्लको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ८०४१ नम्बरको जीपले ठक्कर दिँदा गम्भीर घाइते मल्लको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
ड्राईभरले भने कुकुरसँग खेलिरहेको बालक आफैं गाडीमा ठोक्किन आएको बयान दिएका छन् । (रासस)



