पुल ए खुम्री, ३० पुष : अफगानिस्तानको उत्तरी प्रान्त बाघलान ए मार्काजी जिल्लामा मानवरहित विमान कारवाहीमा परी ८ तालिवानको मृत्यु भएको छ ।
उत्तरी क्षेत्रका सेना प्रवक्ता अब्दुल हादी जमालले उक्त विमान कारवाहीमा मर्नेमध्ये एक तालिवानका प्रमुख कमाण्डर पनि रहेको जानकारी दिए । बाघलान ए मार्काजी जिल्लाको कोक्चिनार क्षेत्रमा लुकेर बसेका तालिवानलाई लक्षित गरेर मानवरहित विमान कारवाही गरिएको थियो ।
तर कारवाहीमा सर्वसाधरणको भने हताहत नभएको बताइएको छ । (राससएजेन्सी)



