🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडाैं । ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कक्षा संचालन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमहरु संचालन गरिएको छ ।


मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल नौबस्ता बाँकेको सहकार्य तथा सशस्त्र प्रहरी बल, नेपाल नं. ३० बागेश्वरी गण बाँकेको आयोजना र बाँके जिल्लाको डुडुवा गाउँपालिकाको समन्वयमा सोही गाउँपालिका–१ पिप्रहवास्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा पुस ६ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीय बासिन्दाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।


यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ३१ गण बर्दियाको आयोजना र मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल नौवास्ता बाँकेको सहकार्यमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११ मा अवस्थित  हिमालय आधारभूत विद्यालय लालपुरमा पुस ५ गते निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

स्वास्थ्य शिविरबाट करिब ४ सय ५० जना स्थानीय बासिन्दाहरुको स्वास्थ्य जाँचको लाभ लिएकाे जानकारी सशस्त्र प्रहरी बलले दिएकाे छन ।

त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नंं. २ हिमशिखर गुल्म पाँचथरले पुुस ५ गते पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ स्थित  सुखबोध माध्यमिक विद्यालयको प्राङ्गणमा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सो विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई लत्ताकपडा तथा शैक्षिक सामाग्री वितरण गर्नुका साथै विभिन्न विषयमा जनचेतनामूलक कक्षा संचालन गरेको छ ।