तेहरान, ३० पुष : इरानको राजधानी तेहरान नजिकै सेनाको कार्गाे विमान दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
कार्गाे विमान भएपनि उक्त विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर एक समाचार संस्थाले भने उक्त विमानमा १० व्यक्तिमात्र रहेको जनाएको छ ।
इरानी सेनाले दिएको जानकारी अनुसार त्यस विमानमा १६ व्यक्ति थिए र दुर्घटनामा एकमात्र उडान इन्जिनयर जीवित रहेका छन् । कार्गाे बोइङ ७०७ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको बताइएको छ । (राससएजेन्सी)




