रावतलाई मनकामनादेखि गोरखकालीसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि
गोरखा, २९ मङ्सिरः गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावतले जित्नुभएको छ । आज सम्पन्न प्रतियोगितामा निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटर दूरी उहाँले दुई घण्टा ३६ मिनेट ७ सेकेण्डमा पूरा गर्दै पहिलो हुन सफल हुनुभएको हो ।
उपाधि विजेता रावतले रु एक लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै प्रतियोगितामा नेपाली सेनाकै हेमलाल श्रेष्ठले निर्धारित दूरी दुई घण्टा ४० मिनेट ४४ सेकेण्डमा पूरा गरेर दोस्रो हुनुभएको छ ।
उहाँले रु एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिंह बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाली सेनाका गजेन्द्र राई तेस्रो हुनुभएको छ । उहाँले निर्धारित दूरी दुई घण्टा ४४ मिनेट ६ सेकेण्डमा पूरा गर्दै रु ७५ हजारसहित मेडल र प्रमाणपत्र हात पार्न सफल हुनुभएको छ ।
खेलकुदको माध्यमबाट गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यसहित जिल्ला खेलकुद विकास समितिले दुईवटा धार्मिकस्थललाई जोडेर म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा एक सय ५ जना खेलाडीको सहभागिता रहेको थियो । सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिर परिषरबाट सुरु भएको प्रतियोगिता माथिल्लो गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा आएर टुङ्गिएको थियो । प्रतियोगितामा सहभागी धावकमध्ये उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
गोरखा घर भएका नेपालका म्याराथन खेलाडी टीका बोगटीको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा निर्धारित दूरी पार गर्न सफल सबैभन्दा कम १४ वर्ष उमेरका वेन्जन बस्नेत र गोर्खाली धावक अविनाश देवकोटालाई जनही रु १२ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
---

प्रतिकृया दिनुहोस