अध्यागमन प्रणाली सुधारका लागि के के आवश्यक ? : गत वर्ष २५ लाख यात्रु हवाई माध्यमबाट विदेश गए
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले केही समययता अध्यागमन प्रशासनमा सुधारका कदम अगाडि बढाउँदै गएको समाचार छ । यसअघि भिजिट भिसामा खाडीमुलुक, मलेसिया, अफ्रिकी मुलुक, युरोपका पोल्याण्ड, माल्टा, साइप्रस र रूसलगायतमा लगेर कामदारलाई अलपत्र पार्ने प्रवृत्ति निकै बढेको थियो । त्यसपछि अघिल्लो सरकारका पालादेखि भिजिट भिसामा कामदार पठाउने प्रवृत्तिलाई गृह मन्त्रालयले निरूत्साहित गर्दै आएको थियो । विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा सहसचिव तीर्थराज भट्टराईको सरूवा पछि केही सुधारका प्रयास हुन थालेको स्रोतले जानकारी दिएको छ ।
नेपालबाट अन्य मुलुक प्रस्थान गर्नेहरू धेरै जसो भिजिट र कामदार भिसामा जाने गरेको पााइएको छ । यसको अलवा अन्य भिसामा पनि विदेश गएको बताइन्छ । यताबाट विदेशमा भ्रमण, आफन्त भेटघाट, व्यापारका सिलसिलामा, अध्ययन, रोजगारी, स्थायी बसोबासका लागि, सोमिनार, गोष्ठी, सम्मेलन, खेलकुदमा भाग लिन र सिजनल भिसा आदिमा जाने गरेको स्रोतले जनाएको छ ।
कति संख्यामा यात्रु आगमन र प्रस्थान ?
अध्यागमन स्रोतका अनुसार, नेपालबाट सन २०२३ मा १२ लाख ५१ हजार १ सय ५ जना नेपाली र ९ लाख १३ हजार ८ सय ४३ जना बिदेशि नागरिक बिमानस्थलबाट बाहिरिएका छन । दुवैगरी यो संख्या कुल २१ लाख ६४ हजार ९ सय ४८ रहेको छ । हवाई मार्गबाट १ लाख ५९ हजार ३ सय ६७ जना नेपाली र २३ लाख २१ हजार २ सय ४५ जना विदेशी गरी कुल २४ लाख ८० हजार ६ सय १२ जना हवाई माध्यम हुँदै नेपाल भित्रिएको बताइन्छ ।
सन् २०२४ को ११ महिनाको अवधिमा १५ लाख ४८ हजार ३१ जना नेपाली नागरिक र ८ लाख ६९ हजार २ सय ६७ जना विदेशी नागरिकहरू गरी २४ लाख १७ हजार ३ सय १८ जना विदेश गएका छन । यस्तै यो अवधिमा ९ लाख २० हजार ३ सय १० जना नेपाली नागरिक र १२ लाख ६४ हजार ९ सय ७९ जना विदेशी नागरिक गरी कुल २१ लाख ८५ हजार २ सय ८९ जना नेपाल आएको तथ्यांक रहेको छ ।
अध्यागमनमा हुने भिडभाड नियन्त्रण, छिटोछरितो सेवा प्रवाहका लाागि विमानस्थल कार्यालयले आगमन र प्रस्थानतर्फ ८–८ वटा डेक्स थप गरेको छ । हाल आगमनतर्फको २२ र प्रस्थानतर्फ पनि २२–२२ वटा डेक्स स्थापना गरेर फटाफट सेवा प्रवाह गर्दै आएको कार्यालय स्रोतले बताएको छ । यसरी डेक्स बढाएपछि अध्यागमन सेवामा भिडभाड हटेको र सेवा प्रवाह छिटोछरितो भएको स्रोतको दावी छ । जसका कारण अध्यागमनबाट धेरै ढिलोमा आधा घण्टाभित्रै सेवाग्राहीले सेवा पाउँदै आएका छन् ।
भीभीआईपी र भीआईपीहरूको लागि अध्यागमनको छुट्टै डेक्स सञ्चालन गर्ने अन्तिम तयारी भैरहेकोमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट २०८१ मंसिर २० गते बिहीवार फर्किदा छुट्टै डेक्स पनि सञ्चालनमा आएको स्रोत बताउँछ । अध्यागमन सेवा प्रवाहको क्रममा आउने इन्टरनेटको समस्यालाई सामाधान गर्न नेपाल टेलिकमसँगको समन्वयमा डार्क कोर फाइवर जडान गरिएको छ । उक्त कार्यले अध्यागमन सेवा प्रवाह गर्ने प्रणाली सुस्त हुने समस्यालाई हाल न्यूनीकरण गरेको बताइन्छ ।
दुबैतिर अध्यागमन हेल्प डेक्स स्थापना
आगमन र प्रस्थान दुबैतिर अध्यागमन हेल्प डेक्स स्थापना गरिएको छ । कर्मचारीहरूको समन्वय, बैठक र क्षमता अभिवृद्धि गर्न तालिम हल अर्थात् सिनर्जी कक्षाको स्थापना गरिएको छ । अध्यागमन सेवा प्रवाहको क्रममा देखिने समस्या सामाधानका निम्ति हुने उपायहरू, अन्य देशका अभ्यास, नीति नियमहरूको विषयमा खोज गर्न अनुसन्धान विश्लेषण तथा प्रशिक्षण केन्द्र स्थापनाका लागि पहल भैरहेको स्रोतले जानकारी दिएको छ । अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूलाई विभाग र कार्यालयस्तरबाट अध्यागमन सम्बन्धी अभिमुखीकरण, पुनर्ताजगी तथा विभिन्न वैदेशिक दूतावास र नियोगसँगको सहकार्यमा तालिम प्रदान गरिएको छ ।
दैनिक प्रतिवेदन प्रणाली (डीआरएस) निरीक्षण प्रणाली (डीसिएस) लागू गर्ने, मासिक, समुहगत र अन्तर निकायगत बैठकलाई अनिवार्य गरिएको छ । बैठकका फिल्ड व्याकलाई कार्यशैली र सेवा प्रवाहमा अनुशरण गरिएको स्रोतको भनाई रहेको छ । अध्यागमन कार्यालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, विमान कम्पनी र नागरिक उड्डयन कार्यालयसँगको सहकार्यमा यी सबै निकायका प्रतिनिधि रहने गरी कमाण्ड पोष्ट सञ्चालनको तयारी भैरहेको स्रोतले जानकारी दिएको छ । अध्यागमनबाट भिसा लिन नेपालभित्र रहेका विदेशीहरूको हकमा भिसा शुल्क अनलाइन भुक्तानी हुने व्यवस्था गरिएको बताइन्छ ।
इलेक्ट्रोनिक ट्राभलर अथोराइजेशन (इटिए)को कार्यान्वयनमा आएको दावी स्रोतले गरेको छ । प्रवेशद्वारमा अध्यागमनमा पूरा गर्नुपर्ने प्रकृया र शुल्कहरूको विषयमा डिस्प्ले बोर्डको व्यवस्था गरिएको बताइन्छ । साथै, अध्यागमन सेवासँग सम्बन्धित सूचना प्रवाह गर्ने अधिकारीलाई नै गुनासो सुन्ने अधिकारी समेत तोकिएको छ । यस्ता कार्यबाट अध्यागमन प्रशासनमा सुधार, छिटोछरितो सेवा प्रवाह भएको बताइन्छ । यसका साथै भिजिट र पर्यटन भिसामा विदेश गएर वैदेशिक रोजगारबाट फर्किदा अलपत्र, ठगिने र विभिन्न झमेलामा पर्ने कार्यमा केही नियन्त्रण हुन पुगेको बताइन्छ ।
के हो भिजिट भिसा ?
पर्यटकको रूपमा घुमफिर गर्नेगरी कुनैपनि देशले जारी गरेको यात्रा अनुमतिपत्रलाई भिजिट भिसा भनिन्छ । स्रोत भन्छ ‘उक्त भिसा सो मुलुकमा रहेका यात्रुका आफन्तलाई भेट्न जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमतिपत्र मात्र हो ।’ पर्यटन भिसा आफ्नो वा प्रायोजकको खर्चमा उक्त मुलुकमा घुम्न जानका लागि सम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्र भएकोले यसलाई टुरिष्ट भिसाको नामले समेत चिनिन्छ र नेपालमा यसलाई पर्यटन भिसा भनिन्छ ।
यो विशुद्ध घुमफिरका गर्नको लागि दिएको अनुमतिपत्र हो । यो भिसा प्राप्त गरेको व्यक्ति सम्बन्धित मुलुकमा गएर सहज रुपमा घुमफिर गर्न पाउनेछन् । भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजि गर्नु गैरकानूनी कार्य मानिन्छ । यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित मुलुकको कानूनअनुसार कारवाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने बताइन्छ । काम गर्न सम्बन्धित मुलुकको कानूनअनुसार छुट्टै कामदार भिसा र श्रम अनुमति लिनुपर्ने स्रोतको भनाई रहेको छ ।
के कस्तो तयारी आवश्यक ?
भिजिट भिसामा कुनैपनि मुलुक प्रस्थान गर्दा कुन मुलुक जान लागेको हो ? सो देशले जारी गरेको टुरिष्ट भिसा एकिन गरेर मात्र यात्राका लागि तयारी गर्नुपर्ने बताइएको छ । टुरिष्ट भिसामा नेपालबाट जाँदा नेपाल सरकारले २०८० माघ १० गते निर्णय गरेका बुँदाहरूमा उल्लेख भएका सम्पूर्ण कागजात संलग्न हुनुपर्नेछ । नेपालबाट विदेश भ्रमण, आफन्त भेटघाट, व्यापार, अध्ययन, रोजगारीका, स्थायी बसोबास, सोमिनार, गोष्ठी, सम्मेलन, खेलकुदमा भाग लिन र सिजनल भिसाआदि उद्देश्यका राखेर नेपालीहरू विदेशिने गरेका छन् । तरपनि बढी जसो भिजिट भिसामा गएको अध्यागमन कार्यालयको तथ्यांकले देखाएको छ ।
पछिल्लो केही वर्षदेखि नेपालमा आउने भन्दा यताबाट बाहिर जाने व्यक्तिहरूको संख्या बढ्दो रहेको बताइन्छ । कुनै पनि मुलुकका लागि उक्त देशमा आउने संख्या भन्दा बाहिरिनेको संख्या बढ्नु कदापी राम्रो मानिदैन । त्यसैले पनि आफ्नो मुलुकका नागरिकहरूलाई स्वदेशमा टिकाइराख्न जरुरी रहेको छ । यसका साथै सम्बन्धित देशको अध्यागमनले भिजिट भिसामा प्रस्थान गर्नेलाई निरूत्साहित गर्न र आन्तरिक पर्यटनलाई बढवा दिन कडाई गरेको हुन्छ । त्यतिमात्र नभई भिजिट भिसाका नाममा विदेशिएर उक्त मुलुक पुगिसकेपछि नेपाल नफर्किनेक्रम बढ्दो छ । सोही मुलुकमा रोजगारीको खोजीमा लाग्दा ठगिने, श्रम कानून विपरीत कार्य हुन जान्छ ।
जसकारण पक्राउ परेर कानूनी कारवाही भोग्नुपर्ने बाध्यतामा परेकोसमेत देखिन्छ । विरामीधध हुँदा उपचार नपाउने र अन्य विभिन्न प्रकारका अवाञ्छित जोखिममा पर्दै आएकाले पनि वैदेशिक रोजगारमा जानेहरूको वैधानिक प्रकृयालाई जोड दिन र भिजिट भिसामा विदेश जाने कार्यलाई अध्यागमनले कडाई गर्नुपर्ने आवश्यकता औल्याइएको छ । यी र यस्ता उद्देश्यहरूलगायत अन्य समसामयिक कारण र परिस्थितिले भिजिट भिसामा बाहिर जानेहरूलाई अध्यागमनले कडाइ गर्दा पनि यसको प्रभाव अन्य क्षेत्रमा परिरहेको बताइएको छ । नेपालको सबैभन्दा पुरानो र सबैभन्दा बढी यात्रुहरू आगमन र प्रस्थान गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै हो ।
सो कार्यालयले भिजिट भिसामा कडाइ गर्दा यसले नेपालका हवाई यात्रुहरू आफ्नो मुलुकको विमानस्थल भन्दा छिमेकी नयाँ दिल्ली, मुम्बईलगायतबाट यात्रा गर्न थालेको बताइन्छ । जसले नेपालबाट विदेशिने नेपाली नागरिकको अभिलेख पनि नरहने र आफ्ना नागरिकहरूलाई हुनसक्ने जोखिमलाई न्यूनीकरणमा समेत कार्य गर्न नसक्ने सम्भावना उच्च रहको जानकार स्रोत बताउँछ । नेपालको विमानस्थलबाट यात्रा गर्दा हवाई क्षेत्रबाट हुने आम्दानी समेत अन्य मुलुकमा जाँदा मुलुकको राजस्वलगायतका क्षेत्रमा समेत यसले प्रभाव पार्ने गरेको स्रोतको दावी छ ।
वर्तमान परिस्थितिमा त झन नेपालबाट अन्य मुलुक जान लाग्ने हवाई भाडा भन्दा भारतको नयाँ दिल्लीबाट प्रस्थान गर्दा सस्तो रहेको बताइएको छ । नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जान लागेका नेपाली नागरिकहरूसमेत भारतको नयाँ दिल्ली हुँदै प्रस्थान अनुमति लिने गरेको पाइएको छ । यसले नेपालको हवाई उडानका क्षेत्रमा समेत विस्तारै समस्या आउने सम्भावना बढेर गएको बताइन्छ ।
के– के गर्न आवश्यक छ ?
नेपालको भिजिट भिसाका विषयमा समय–समयमा विभिन्न चर्चा, आलोचना र विवाद हुने गरेका छन् । यसले नेपालबाट भिजिट भिसामा प्रस्थान गर्ने विषय अध्यागमन प्रशासनका लागिसमेत जटिल बनिरहेको छ । जसले गर्दा नेपालको अन्तर्राष्ट्रिय विश्वसनियतामासमेत आघात पुग्न गएको बताइन्छ । त्यसैले यसलाई व्यवस्थित गर्न नेपाल सरकारलेसमेत विभिन्न समयमा आवश्यकताअनुसार मापदण्ड तयार पार्ने, अध्यागमन सेवा प्रवाहलाई सहज, सरल र विश्वसनीय बनाउन दिने गरेको निर्देशन बमोजिम अध्यागमन सेवा प्रवाहसँग सम्बन्धित कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताइन्छ ।
मुलुकको अध्यागमन सेवालाई व्यवस्थित गर्ने कार्यहरूमध्ये भिजिट भिसालाई व्यवस्थित गर्ने कार्य पनि एक हो । तसर्थ निम्न विषयहरूलाई व्यवस्थित गर्न सकेमा तत्कालका लागि भएपनि भिजिट भिसालाई व्यवस्थित गर्न सकिने अध्यागमन विज्ञहरूको सुझाव रहेको छ । सर्वप्रथम प्रस्थान गर्ने यात्रुहरूको कागजात आधिकारिकता परीक्षण गर्नुपर्ने हुन्छ । दोस्रो एयरलाइन्सले दिएको टिकटको आधिकारिकता हेर्ने प्रणाली अध्यागमन कार्यालयहरूसँग हुनुपर्नेछ । त्यसका लागि एडभान्स प्यासेन्जर इन्फर्मेसन सिष्टम (एपीआईएस) प्रणालीको विकास र जडान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । तेस्रो, भिजिट भिसामा प्रस्थान गर्ने यात्रुको लागि होटल बुकिङ अनिवार्य गरिएपनि बुक गरिएकोबाहेक अन्य होटल बुकिङ हेर्ने प्रणाली पनि हुनुपर्नेछ ।
चौथो भिजिट भिसामा प्रस्थान गर्नेको हकमा ट्रान्जिट हुने यात्रुले अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास लिनुपर्ने, पाँचौ यो भिसामा प्रस्थान गरेर लामो समय नेपाल नफर्किनेहरूलाई आगमन दिंदा के कति कारणले तोकिएको अवधिमा नफर्किएको हो यसबारेमा प्रस्ट गर्नुपर्नेछ । सो विषयमा समेत अध्यागमन प्रणालीमा अभिलेख सुरक्षित गरिनुपर्ने र छैठौं भिजिट भिसामा प्रस्थान गरी छिद्र मार्ग प्रयोग गर्दै श्रम गरेर फर्केकाहरूको हकमा श्रम भएको वा नभएको विषयमा चेकजाँच गर्नुपर्नेछ । साथै, अध्यागमन प्रणालीको स्तरोन्नति गरी अभिलेखीकरण गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ मंसिर २४)

प्रतिकृया दिनुहोस