पाठक राजाका मान्छे भन्दै चर्काे विरोध : आयोगको अध्यक्षमा अर्को नामको खोजी
काठमाडौं । संक्रमणकालीन न्याय टुंगो लगाउनका लागि दुुईवटा आयोग गठनको तयारी भइरहेको छ । आयोग गठनका लागि पदाधिकारी तथा सदस्य छनोटका लागि सर्च कमिटी पनि बनाइएको छ । सरकारले बनाएको सर्च कमिटीले पदाधिकारीका लागि सर्टलिष्ट पनि सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सर्टलिष्टमा केही नामहरु विवादित भएको भन्दै द्वन्द्वपीडितहरुले प्रश्न पनि उठाएका छन् । सर्टलिष्टमा परेका मानवअधिकार आयोगका पूर्वसदस्य सुुदीप पाठकको नाममा द्वन्द्व पीडितले विज्ञप्ति नै निकाले विरोध गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पाठकलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा नाम अगाडि सारेपछि विरोध सुरु भएको हो ।
पाठकको नाम आगडि सारेको चर्चा भएको केही दिनमा सर्टलिष्ट सार्वजनिक भएको हो । सर्ट लिष्ट निस्कने चाल पाएर नै द्वन्द्वपीडितहरुले सोही दिन विरोध पनि गरेका थिए । २०८१ मंसिर २१ गते शुक्रबार दिउँसो द्वन्द्वपीडित तथा केही सरोकारवालाले सक्षम व्यक्ति आउनुपर्ने भन्दै चर्को विरोध गरेका थिए । अहिले पाठकलाई अध्यक्ष बनाउने भएपछि कांग्रेसभित्रै उनको नाममा विरोध भइरहेको छ । राजाको शासनको बेलामा शेरबहादुर देउवालाई सैनिकले पक्राउ गरेर हिरासतमा राख्दा पाठक मानवअधिकार आयोगमा थिए ।
देउवालाई राजाको शासनमा हिरासत पुग्दा पाठक भने राजाको शासनको पक्षमा उभिएका थिए । अहिले तिनै पाठकलाई देउवालाई आयोगको अध्यक्ष बनाउन लागेको भन्दै चर्को विरोध भएको हो । ०६३ मा आयोगको सदस्यबाट राजीनामा दिनसमेत नमानेका पाठकलाई महाअभियोग लगाउने चर्चापछि राजीनामा दिएका हुन् । उनी ०६२÷०६३ सालको आन्दोलनको विपक्षमा रहेका थिए । तिनै व्यक्तिलाई देउवाले कसरी विश्वास गरे भन्ने चाहिँ चासोको विषय बनेको छ । त्यसो त, उनी स्वतन्त्र तिब्बत आन्दोलनको पक्षपोषणका लागि काठमाडौंमा खुुबै सक्रिय रहेका थिए ।
त्यससक्रममा उनीमाथि अमेरिकी दूतावासले समेत प्रश्न उठाएको थियो । उनी यी मुद्दाको अलवा फुुजेलको काण्डमा निकै सक्रिय रहेका थिए । पाठक फुजेलमा नन्दप्रसाद अधिकारीको पक्षमा सडक आन्दोलन गर्नेदेखि अन्तर्राष्ट्रिय लविङसमेत गर्ने व्यक्ति हुन् । तिनै व्यक्तिलाई माओवादीले पनि अहिले अध्यक्ष बनाउन सहमति जनाएको छ । त्यसैले, अहिले पाठकको विषयमा चर्को विवाद भइरहेको छ । यद्यपि, सर्च कमिटीले अझै २०८१ पुस २ गतेसम्म थप नाम सार्वजनिक गर्न सक्ने बताइन्छ ।
कांग्रेस नेताहरु रमेश लेखक, पुष्पा भुसालहरुको टोलीले पाठकलाई अगाडि सारेको पनि बताइन्छ । लेखक राधेश्याम अधिकारी, गणेशदत्त भट्टलाई रोक्ने खेलमा थिए । त्यही बिचमा पाठकको प्रवेश भएको पनि बताइन्छ । (साँघु साप्ताहिक, २०८१ मंसिर २४)

प्रतिकृया दिनुहोस