उपनिर्वाचनको सन्देश : राप्रपा र रास्वपा संकटापन्न, काँग्रेस, एमाले र माओवादीलाई मौका प्रदान
काठमाडौं । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा सत्ताधारी दुईदल काँग्रेस र एमालेको प्रभुत्व कायम हुने भन्दै स्वतन्त्र विश्लेषक भनिनेहरुबाट गरिएका आँकलन पूर्णरुपमा फेल भएका छन् । निर्वाचनले तीन दल– कांग्रेस, एमाले र माओवादी नै मुख्य प्रतिस्पर्धी भएको स्पष्ट सन्देश दियो । यद्यपि, यसअघि काँगैसको गढ मानिएको काठमाडौं–१६ को उपनिर्वाचनमा रास्वपाले जित निकाल्न सफल भयो । कांग्रेस उपसभापति एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहको गृह वार्डमा कांग्रेसले पराजय व्यहोर्नुप¥यो ।
काठमाडौं–१६ मा काँग्रेसलाई सकाउन माओवादीले तालमेल अनुसार एकीकृत समाजवादीको कलम चिन्हमा भोट नहालेर घण्टीमा भोट हालेको समीक्षा काँग्रेसभित्र चलिरहेको छ । उता, कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिकामा पनि पराजय हात लाग्यो । त्यहाँ पार्टीभित्रै अन्तर्घात भएको निक्र्योल गरिएको छ । कीर्तिपुर नगरपालिकामा काँग्रेसले जित्दा एमालले तेस्रोमा चित्त बुझाउनुप¥यो । निर्वाचनको मुखमा दरबारमार्गमा शक्ति प्रदर्शन गरे पनि विगतको अवस्थामा तात्विक भिन्नता देखिएन ।
रास्वपाका सभापति रवि लामिछाने र दुर्गा प्रसाईंले सडकमा भिड उतारेपछि जवाफ फर्काउन प्रधानमन्त्री स्वयम् सडकमा उत्रिएको भन्दै टिकाटिप्पणी पनि नचलेका होइनन् । चुनाव सकिएर मतगणना हुनु अघिसम्म एकाथरी राजनीतिक विश्लेषकले माओवादी सकिने र रास्वपाको बढोत्तरी हुने भन्दै सामाजिक सञ्जालमा पाण्डित्य छाँटीरहेका थिए । तर परिणाम उल्टो आएपछि अचेल रास्वपालाई घेरावन्दीमा पारिएको भन्दै ‘फेस सेभिङ’ गर्दैछन् । हुन त, सरकारको नेतृत्वमा रहे पनि एमालले वडा तहमा दुई तीन सिट बढेको भनेर चित्त बुझाउने बाहेक ठूलो सफलता हासिल भएको देखिएन । नेतृत्वले चोचोमोचो मिलाउँदैमा पनि नहुने रहेछ भन्ने सन्देश पनि स्थानिय निर्वाचनले छाडेर गएको छ । लोकतन्त्रमा मतदाता हुकुम र आदेशको पछि लाग्दैनन् भन्ने दिव्य ज्ञान ठूला पार्टीमा भएको हुनुपर्छ ।
यद्यपि, उपचुनावको मत परिणामले कांग्रेस पहिलो, दोस्रोमा एमाले र तेस्रोमा माओवादी नै दरिए । नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजा फर्काउने भनेर होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र ८४ सालको निर्वाचनमा एकल बहुमतको सरकार बनाउँछु भनेर हुँकार गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको कन्तविजोग नै भयो । राप्रपाका उम्मेदवार मुलुकभर कतै पनि प्रतिस्पर्धामा उत्रिन सकेनन् । राप्रपाका आठ जना उम्मेदवारले त १० मत पनि कटाउन सकेनन् । कतिपय उम्मेदवारको त दुई तीन मतमै सीमित भयो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापामै राप्रपाका उम्मेदवारले ३० मत ल्याउन सकेनन् । कन्काइ नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा राप्रपाका उम्मेदवारको कन्तविजोग भयो । जम्मा २६ मत पाए ।
यतिबेला राप्रपा अनि राप्रपाको नेतृत्वमाथि प्रश्न उठेको छ । राजा फर्काउने र मुलुकलाई हिन्दू राष्ट्र घोषणा गर्ने पार्टीको सर्मनाक हालत भएको छ । काठमाडौँमा बसेर ठालू बन्ने, आफ्नो निर्वाचन क्षेत्रमा नजाने राप्रपाका नेता तथा कार्यकर्तालाई राप्रपाले यतिबेला स्पष्टीकरण सोधिरहेको छ । यता, काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भए पनि अन्यत्र कतैपनि रास्वपाले न निर्वाचन जित्न सक्यो, न शाख जोगाउन । रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवार पनि दिन सकेन । उपनिर्वाचनको परिणामले नयाँ उदाएको दल रास्वपाका लागि सुखद देखिएन । ९६ प्रतिशत उम्मेदवारको त जमानतै जफत भयो ।
सारमा ४१ सिटका लागि भएको स्थानिय तह निर्वाचनमा एकै प्रकृतिका मुद्दामा सत्ताको फरक–फरक व्यवहारलाई कार्यकर्ताले स्वीकारे तर मतदाताले स्वीकारनै अरुची देखाए । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको शक्ति केही बढेकै देखियो । लोकप्रियता भन्दा पनि सत्ता गठबन्धनविरुद्धको आक्रोश हो भनेर बुझ्न जरुरी छ । इतिहास भजाएर मात्र अब पुग्दैन, इतिहासको रक्षाका लागि वर्तमानको भूमिकाले औचित्य दिनुपर्छ भन्ने चेत पलाउन आवस्यक छ । र, एमाले, कांग्रेस र माओवादीका सिटहरूमा भएको हेरफेरले एकपटकको विश्वास सँधैका लागि हुँदैन भन्ने सन्देश दियो ।
माओवादी सकिएको होइन, पलाउँदै छ यो भन्ने परिणामले देखायो । सकिने विश्लेषण चिया गफमा सीमित भयो । अर्कातिर वैकल्पिक भनिएका नयाँ दलप्रति भने मतदाताले विश्वास नगरेकै हुन् । स्थानीय निर्वाचन परिणामले स्वतन्त्र भन्ने दलहरू भिडको लहडमा चल्ने खहरे जस्तै हुन पुगेको सन्देश दिएको छ । साथमा राप्रपाका उम्मेदवारहरूको जमानत जफत हुनुमा राजतन्त्रप्रतिको अरुची नै मुख्य कारक हो । (साँघु साप्ताहिक, २०८१ मंसिर २४)

प्रतिकृया दिनुहोस