नेपालको राजनीतिमा बीआरआई तरंग : आफ्नै नेताहरुबाट अप्ठेरोमा सभापति देउवा
काठमाडौं । सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेस नेताहरुको बोलीचाली केही दिनदेखि मिलिरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषय जोडिएर उनीहरुको लोलीबोली नमिलेको हो । भ्रमणमा जानुुअघि र अहिले फर्केपछि पनि कांग्रेसका केही नेताहरु प्रधानमन्त्री केपी शर्माको भूमिकामा प्रश्न गर्न थालेका छन् । मुख्यगरी प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई) परियोजना अगाडि बढाउने गरी भएको सम्झौतामा कांग्रेस नेताहरुको असन्तुष्टि देखिन्छ ।
कांग्रेस नेताहरु जो सभापति शेरबहादुर देउवा निकट मानिन्छन्, उनीहरु नै विरोधमा देखिएका कारण सरकारको नेतृत्वकर्ता एमालेमा पराकम्पन सुरु भएको छ । प्रवक्ता प्रकाशशरण महत, एनपी साउदमात्र होइन, इतर समूहका नेताहरु डा. शेखर कोइरालाहरुले पनि पनि विरोधमा देखा परेका छन् । महामन्त्री गगन थापाको स्वर पनि बीआरआई सम्झौताको विरोधमा रहेको छ ।
कांग्रेससँग सहमति जुटाएरै एमाले अध्यक्ष ओलीले चीनसँग बीआरआईमा सहमति जुटाएका थिए । त्यो सम्झौताले बीआरआई चीनको ऋणमा अगाडि बढ्ने भन्दै कांग्रेस नेताहरुको आपत्ति रहेको छ । कांग्रेसका नेताहरु कतिसम्म भने चीनको ऋण ल्याइन्न र नेपाललाई ऋणको पासोमा पार्न पनि दिइन्न भन्दै चर्को भाषण गरिरहेका छन् । २०८१ मंसिर २१ गते शुक्रबार र २२ गते शनिबार कांग्रेसका नेताहरुले त्यसरी चर्को स्वरमा बोलेकै कारण हुनसक्छ मंसिर २१ गते शुक्रबार देउवालाई बीआरआई ऋणमा नबनाउने बताए भने मंसिर २२ गते शनिवार प्रधानमन्त्री ओलीसँगै चीन भ्रमणमा गएकी परराष्ट्रमन्त्री आरजु देउवाले पनि बीआरआई ऋणमा नबनाउने जवाफ दिइन ।
अहिले सम्झौतामा भएको फाइनान्सिङ एड भन्ने शब्दप्रति कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । उक्त शब्दको अर्थ खोजेर महत, साउददेखि थापासम्मले पनि ऋणको पासोको कुरा गरेका छन् । फाइनान्सिङ एड भन्ने शब्दले अनुदान र ऋण दुवै बुुझाउने भएकोले उक्त शब्दप्रति महतले आपत्ति जनाएका हुन् । तर, त्यसको प्रतिरक्षामा भने कांग्रेसले प्रस्ताव गरेर कार्यदलमा बसेका अधिवक्ता सेमन्त दाहालले सार्वजनिक अभिव्यक्ति दिएका छन् । त्यसैले, पछिल्ला दिनमा चीनसँग ऋण लिने कुरासँग जोडेर चीनसँगको सम्बन्ध नै कसरी अगाडि लैजाने भन्नेमा प्रश्न कांग्रेसमा उठ्न थालेको छ ।
नेपालमा चीनको बीआरआई परियोजना सञ्चालन नहोस् भन्ने चाहनामा भारत र अमेरिका सक्रिय रहेका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण सकिएको केही दिनमा अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लु नेपाल आउँदैछन् । उनी नेपाल आउनुुभन्दाअघि भारत र श्रीलंकाको भ्रमण गर्नेछन् । यो पनि भूराजनीतिक विषयसँग जोडिने विश्लेषण भइरहेको छ । अहिले उनी एमसीसी परियोजनाको अपडेटका लागि आउन लागेका हुन् तर शीर्ष नेतादेखि नागरिक समाज, मिडियादेखि युवा नेतासम्मलाई भेट्दैछन् ।
यसलाई कतिपयले बीआरआईमा एमसीसीले अवलोकनको अर्थमा पनि विश्लेषण गरेका छन् । यद्यपि, भारत अहिलेसम्म मौनजस्तै देखिएको छ तर भारतका सञ्चारमाध्याममार्फत असहमति भने प्रकट गरिरहेको छ । भारत पछिल्ला दिनमा चीनसँग सम्बन्ध सुधारको प्रयासमा रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले केही साताअघि ब्रिक्स सम्मेलनको मुखैमा सीमा विवादलाई थाती राख्ने गरी पुरानो बोलचाल बन्द भएको अवस्थालाई तोडेका थिए । त्यसले गर्दा बीआरआईको विषयमा तत्काल नेपालमा भारतले प्रतिक्रिया भने दिने संभावना कम रहेको बताइन्छ । तर, राजनीतिक अस्थिरताका लागि भने उसले निरन्तर चलखेल गर्न सक्ने संकेत पनि गरिरहेको छ ।
त्यहीकारण प्रचण्डले भारतीय पत्रिकालाई अन्तरर्वार्ता दिएर प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई चाइना कार्डको रुपमा व्याख्या गरिदिए । त्यसपछि नै शेखर कोइराला, प्रकाशशरण महत, एनपी साउदलगायतका कांग्रेस नेताहरु पनि बीआरआईको विरोधमा देखिएका छन् । यद्यपि, देउवालाई पनि भारतले पछिल्लासमय नजिक राख्न सकेको भने छैन । आरजु देउवालाई पनि साथ लिन नसकेका कारणले भारत तत्काल एमाले र कांग्रेसको गठबन्धन भत्काउन सक्ने अवस्थामा भने देखिएको छैन ।
तर, कांग्रेसभित्रको अन्सन्तुष्टिलाई कसरी देउवाले व्यवस्थापन गर्छन् भन्ने चाहिँ चासोको विषय बनेको छ । बीआरआईको विषयमा कांग्रेसभित्र उठेको चर्को असन्तुष्टिलाई व्यवस्थापन गर्न सकेनन् भने गठबन्धन र चीन दुवैसँग एकसाथ सम्बन्ध चिसिने संभावना रहेको छ । त्यसले गर्दा पनि देउवाले शनिवार अहिलेको समीकरण निरन्तर रहने प्रतिक्रिया दिएका छन् । (साँघु साप्ताहिक, २०८१ मंसिर २४)

प्रतिकृया दिनुहोस