दमास्कस, २५ मंसिर । सिरियामा विद्रोही समूहले आइतबार राजधानी दमास्कस कब्जा गरे, यससँगै लामो समयदेखि चलेको गृहयुद्धपछि बसर अल असदको शक्ति समाप्त भयो । सिरियामा अरब वसन्त कालमा प्रजातन्त्र स्थापनाका लागि सुरु भएको आन्दोलन अन्ततः गृहयुद्धमा परिणत भएकाे थियाे र जहाँ हजारौंले ज्यान गुमाउन परेकाे छ ।
सिरियामा यो आन्दोलनको चर्चा हुँदा एउटा नाम कसैगरी पनि छुट्दैन, उनी हुन–मौविया स्यास्नेहको । १४ वर्षीया मौविया स्यास्नेह त्यही व्यक्ति हुन्, जसको चित्रकलाले सिरियामा आन्दोलन सुरु गरेको थियो ।
आजभन्दा १३ वर्षअघि सिरियामा १४ वर्षीय युवा मौविया स्यास्नेहले आफ्नो चित्रकलामार्फत राखेको माग लामो सङ्घर्षको साक्षी थियो । सन् २०११ मा, मौविया स्यास्नेहले दक्षिणी सिरियाली सहर दाराको भित्तामा पेन्टिङ बनाएका थिए । यसमा 'अजाक एल डोरू' लेखिएको थियो, जसको अर्थ हुन्छ, 'अब तपाईको पालो, डाक्टर ।' यहाँ डाक्टर भन्नाले सिरियाली राष्ट्रपति बसर अल असद भनेर बुझियाे, यही बेला धेरै अरब र अफ्रिकी देशहरूमा लाेकतन्त्र प्राप्तीका लागि आन्दोलनहरू चलिरहेको थियो ।
मौविया स्यास्नेहले यो एउटा पेन्टिङको चर्को मूल्य चुकाउनुपरेको थियो र प्रहरीले उनलाइ २६ दिनसम्म हिरासतमा राखेको थियो । प्रदर्शनकारीलाई रोक्न बसर अल असदको प्रहरीले धेरै ठाउँमा गोली चलाएको थियो । मौविया स्यास्नेहको समर्थनमा आन्दोलनको क्रममा सिरियामा फ्रि सिरियन आर्मी (एफएसए) देखा पर्यो । जसमा असदको सेनाबाट भागेका धेरै मानिसहरू सहभागी रहेका थिए । चरमपन्थी समूहहरूले पनि यस विद्रोहको फाइदा उठाए, जसका कारण धेरै भागहरूमा हिंसा फैलियो ।
सन २०११ को शासन सिरियाका लागि सबैभन्दा महत्त्वपूर्ण साबित भइदियाे किनभने यस अवधिमा हजारौं सिरियाली नागरिक प्रजातन्त्रको माग गर्दै सडकमा उत्रिए तर उनीहरूले चर्को सरकारी दमनको सामना गर्नु परेको थियो । धेरै बिस्थापित भए । यद्यपि, विभिन्न सशस्त्र विद्रोही समूहहरूले सरकारको विरोधमा गठन गरे र २०१२ को मध्यमा विद्रोह पूर्ण स्तरीय गृहयुद्धमा परिणत भयो । असदमाथि सिरियामा युद्धका क्रममा रासायनिक हतियारको प्रयोग, कुर्दहरूमाथि दमन र जबरजस्ती बेपत्ता पारेकोलगायत मानवअधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।
असदले रुस, इरान र लेबनानको हिजबुल्लाहको सहयोगमा विद्रोही समूहसँग वर्षौंसम्म सफलतापूर्वक लडाइँ गरे । तर भर्खरै अचानक सक्रिय भएका विद्रोही समूहहरूले सिरियाली राष्ट्रपतिका लागि धेरै समस्या सिर्जना गरे, उनी देश छाडन बाध्य भएँ । हाल उनी रूसमा निर्वासित जीवन जिरहेका छन ।
तर, यदि ती १४ बर्षीया बालकलाइ यदी प्रहरीले पक्राउ गरेर हिरासतमा नराखेकाे भए सिरियामा आन्दाेलन नचर्किन सक्थ्याे किनभने त्याे घटना भन्दा अघि सिरिया शान्त अवस्थामा थियाे । तर, जब ती बालक पक्राउ परे, तीनकाे रिहाइकाे माग गर्दै देशभरी धेरै प्रदर्शन भएका थिए । अन्ततः साे प्रदर्शनबाट सुरू भएकाे असद बिरूद्ध आन्दाेलन गृह युद्द हुँदै उनकाे ५० बर्षे पारिवारिक सत्ता खाेसियाे ।



