🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकार महासंघको निर्वाचनमा रमेश विष्टलाई प्रेस सेन्टरसहित ६ संगठनको समर्थन, निर्मलालाई अप्ठेराे !

काठमाडौं–  नेपाल पत्रकार महासंघको २०८१ मंसिर २८ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् ।

प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिंदै विष्टलाई समर्थन गरेका हुन् । नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपाललाई अध्यक्ष पदको उम्मेदवारी सुम्पिए पछि असन्तुष्टि जनाउँदै विष्टले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टर्स क्लबमा  बोल्दै गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए । उनले विष्टलाई विजयी गराउन आफू र समर्थन गर्ने संगठनहरु सक्रिय भएर अघि बढ्ने बताए । उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिएका थिए ।

यस घटनाले नेपाल पत्रकार महासँघकाे सभापतिमा  प्रेस युनियन र प्रेस चाैतारीद्वारा संयुक्त रूपमा उम्मेदवार बनाइएकी निर्मला शर्मालाई  बढी अप्ठेराे पर्ने चर्चा पनि सुरू भएकाे छ । नेपाल पत्रकार महासंघकाे इतिहासमा कांग्रेसका विद्राेही उम्मेदवारले निर्वाचन जितेकाे रेकर्ड पनि रहेकाे छ ।