🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रास्वपा राजनीतिक रुपमा पतनको बाटोमा छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक रुपमा पतनको बाटोमा रहेको बताएका छन् । 

सहकारी संस्थाको रकम दुरुपयोग अभियोगमा पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टीका नेता र कार्यकर्ताहरुको गतिविधिप्रति लक्षीत गर्दै उनले उक्त टिप्पणी गरेका हुन् ।

बस्नेतले भने, ‘सहकारी रकम अपचलन गरेको भन्दै अहिलेसम्म पाँचवटा जिल्ला अदालतले रविलाई पक्राउ पुर्जी जारी गरिसकेको अवस्था छ । पार्टीका सांसद र नेतालाई अदालतको मानहानीको मुद्दा लागेको छ । यस्तो अवस्थामा आत्मसमीक्षा, आत्मालोचना र स्विकारोक्तिबाट अगाडि बढ्नुको सट्टा रवि छोडो आन्दोलनको नाममा यिनीहरुको रमिता छ ।’ कार्यकर्ताहरुको उक्साहट र हौसला यस्तो छ कि मानौ रास्वपाले देशमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गर्दैछ, उनले कटाक्ष गरेका छन् ।  रास्वपाको राजनीतिक स्खलनको सुरुवात यहींबाट हुन लागेको देखिन्छ, स्खलनको गति तीव्र छ, उनले भने ।

करिब ७४ लाख सहकारी बचतकर्ताको लगभग २ खरब रकम हिनामिना भएको भन्दै एउटा राजनीतिक दलको रुपमा पीडितहरुको पक्षमा बहस, पैरवी गर्नुपर्नेमा पीडककै पक्षपोषण र संरक्षणमा उत्रिने रास्वपाको हर्कत राजनीतिक हुनै नसक्ने उनको ठम्याइ छ ।

सहकारी बचतकर्ताहरुको उठीबास लगाउने पीडकको जात, धर्म वा पार्टी नहुने भन्दै यस विषयमा निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई शीघ्र न्याय दिनुपर्ने उनको माग रहेको छ ।
काङ्ग्रेस कम्युनिष्टको विकल्प मुलुकलाई चाहिएको छ तर काङ्ग्रेस कम्युनिष्टभन्दा हामी कम खराब हौं भनि घोषणा र दाबी गर्नेहरुबाट होइन । प्रमुुख बस्नेतले भने, ‘अबको राजनीतिको नेतृत्व समाजवादी विचार र दृष्टिकोणले गर्छ ।’