सिन्धुली, २६ पुष : सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अवैधरुपमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ ।
पुस २१ देखि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चलाएको अभियानमा अहिलेसम्म ३७ विघामा लगाइएको गाँजाखेती नष्ट भइसकेको छ । जिल्ला प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले मरिण र हरिहरपुरगढी गाउँपालिकाका धेरै स्थानमा गाँजा लगाएको सूचना प्राप्त भएको र त्यो पनि नष्ट गर्ने जानकारी दिए ।
गाँजाखेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा परी त्यस क्षेत्रका स्थानीयवासी पनि अरु बाली छोडेर गाँजाखेतीतर्फ आकर्षित भएका छन् । (रासस)




