🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाकिस्तानी अलराउन्डर तनवीर चितवन राइनोजमा अनुबन्ध

काठमाडौ । पाकिस्तानका अलराउन्डर सोहेल तनवीरले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।

चितवन राइनोजकोआउँदो नोभेम्बर ३० बाट सुरु हुने नेपाल प्रिमियर लिगको पहिलो सिजनका लागि तनभिरलाई अनुबन्ध गरेको हो ।

बाँया हाते पेस बलिङ गर्ने उनको भिन्न किसिमको शैलीले बायाँ–हातका तनवीरलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ । 


राजस्थान रोयल्सबाट खेली आईपीएल जितेका तथा पाकिस्तान सुपर लिग विजेता समेत रहेका तनभिरको सबैभन्दा ठुलो उपलब्धि उनले पाकिस्तान टिमबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् ।
तनभिरले यसलाई एक चूनौतिका रुपमा लिएको बताएका छन् । नेपाल आएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति भएको उनले बताए । 

‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ । मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्,’ सोहेल तनभिरले भने ।