🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संसदीय समितिद्वारा कारागार र थुनुवा कक्षको निरीक्षण

राजविराज (सप्तरी), १२ मङ्सिरः प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार संसदीय समितिको टोलीले आज राजविराजस्थित कारागार तथा प्रहरीको थुनुवा कक्षको निरीक्षण गरेको छ ।

    समितिका सभापति विमला सुवेदी तथा सदस्य रन्जु ठाकुर, पुष्पबहादुर शाह, शेरबहादुर कुवँर, नविना यादव र प्रतिक्षा तिवारी सम्मिलित टोलीले राजविराज कारागार तथा जिल्ला प्रहरी कार्यालय सप्तरीस्थित थुनुवा कक्षको निरीक्षण गर्दै आवश्यक जानकारी लिएको हो ।

    त्यस क्रममा थुनुवा कक्ष तथा कारागारमा रहेका कैदी÷बन्दीसँग समस्याबारे साक्षात्कार गर्नुका साथै समाधान र सुधारका लागि गरिनुपर्ने कार्यबारे सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीसँग टोलीले सुझावसमेत लिएको थियो ।

    यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित छलफलमा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले थुनुवाको अवस्था तथा विद्यमान समस्याकाबारे संसदीय टोलीलाई जानकारी गराउनुभयो । 

सप्तरी कारागारका समस्या र थुुनुवाको अवस्था बारेमा जानकारी गराइएको थियो ।

    टोलीकी सदस्य सांसद रञ्जुकुमारी ठाकुरले हिरासतमा रहेका बन्दीको अवस्था, समस्या, अधिकार, कारागार र थुनुवाकक्ष भवन संरचनाको अवस्थालगायत विषयमा टोलीले अध्ययन गरी समाधानका उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने बताउनुभयो ।

उहाँले विगतका कानुनमा देखिएका त्रुटि सुधार र अब आवश्यक पर्ने विषय समेटेर परिर्माजनका लागिसमेत सुझाव तथा निर्देशन दिइने बताउनुभयो ।