गंगालाल अस्पतालमा बेथिति : मेट्रोन डंगोलको यो चाला !
काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको मेडिकल उपकरण, इक्विपमेन्ट र अन्य सर्जिकल सामग्री खरिदमा मेट्रोन डंगोलको मनोमानी चल्ने गरेको गुनासो सुनिन्छ । अस्पतालका कार्यकारी निर्देशक डा. रवी मल्ललाईसमेत उनले गुमराहमा राखेर एक निजी कम्पनीमा काम गर्दै आएको बताइएको छ । उनले सुकेधारास्थित रायमाझी ट्रेड कन्सर्नमा गोप्य रुपमा बिहान बेलुकी काम गर्ने गरेको बुझिएको छ । साथै उनले सोही कम्पनीसँग मिलेमतो गरी अस्पतालले खरिद गर्ने उपकरण, सर्जिकल सामग्रीको स्पेसिफिकेशन आफू अनुकूल तयार पारेर अस्पताल प्रशासनलाई स्वास्थ्य सामग्री खरिद गर्न बाध्य पार्ने गरेकोले स्वार्थ बाझिएको भन्दै उनको आलोचना हुने गरेको छ ।
रायमाझीको कम्पनीले मात्र स्वास्थ्य उपकरण, सर्जिकल सामग्री आपूर्ति गर्न सक्नेगरी डंगोलले मिलेमतोमा स्पेसिफिकेसन तयार गर्ने गरेको आरोप स्रोतको रहेको छ । मेट्रोन डंगोल अस्पतालको समयपछि रायमाझी ट्रेर्ड कन्सर्नमा विगत ५ वर्षदेखि कामकाज गर्दै आएको स्रोतले दावी गरेको छ । यसअघि उनले ०७६ देखि ०७९ सालसम्म मासिक ७० हजार तलव सानिमा बैंकमार्फत बुझ्ने गरेको स्रोतको दावी रहेको छ । उक्त कन्सर्नको सप्लाई गर्ने सामग्री केन्द्रलाई खरिद गर्न लगाएवापत थप १५ प्रतिशत कमिशन र मासिक ३५ हजार तलव बुझ्ने गरेको अस्पताल स्रोतले दावी गरेको छ ।
त्यति मात्र होइन, रायमाझीबाहेक अन्य कम्पनीले टेण्डर पारेपनि मेट्रोन डंगोलले सर्जिकल सामग्री र उपकरण सप्लाई गर्दा व्यवधान पु¥याउँने गरेको गुनासो कर्मचारीले गरेका छन् । कतिपय कम्पनीहरुले टेण्डर पारेर पनि सामग्री सप्लाई गर्दा यो वा त्यो मिल्दैन भन्दै वहानाबाजी गरेर मेट्रोनको हैसियतले अन्य कम्पनीको उपकरण र सजिर्कल सामग्री स्वीकृत नगर्ने गरेको पीडितहरुले गुनासो गरेका छन् । केन्द्रमा लामो समयदेखि मेट्रोन रहेकी डंगोललाई यसअघिका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले पनि हातमा लिएर काम गराउने गरेको बुझिएको छ ।
अस्पतलालमा प्राय कार्यकारी नियुक्त भएर आउने निर्देशकहरूलाई खुशी पार्न सकेको कारण उनले गुणस्तरहीन सामग्री खरिद गर्न बाध्य हुने गरी स्पेसिफिकेसन तयार गर्दै आएको केन्द्र स्रोतको भनाइ छ । आफूले साँझ बिहान काम गर्ने कन्सर्नको सामान भिडाउँदा उनको स्वार्थ बाझिएको बताइन्छ । उनले २०८० माघमा कार्यकारी निर्देशकमा मल्ललाई नियुक्ति दिलाउन पनि सामान सप्लाई गर्ने कम्पनी र व्यवसायीमार्फत लबिङ गरेको पनि बताइएको छ । डा. भगवान कोइरालाको निकै ठुलो मेहनत, लगनशिलता, त्याग र इमानदारिताले नै हाल अस्पतालले मुटु रोगको उपचारमा निकै ठुलो प्रसिद्धि कमाएको बताइन्छ ।
अस्पतालमा गुणस्तरीय उपचार अलिक सस्तो खर्चमा हुने गरेको छ । तर, भ्रष्ट र कमिशन खाने चरित्रका यस्तै प्रबृत्तिका कारण मेडिकल उपकरण, इक्युपमेन्ट र अन्य समान खरिद गर्दा गुणस्तरमासमेत कम्प्रोमाइज हुन गरेको समाचार छ । जसले अस्पतालको गुणस्तरीय उपचार र साख खस्किन सक्ने भन्दै केन्द्रका इमानदार, मेहनती चिकित्सक र कर्मचारीहरूले चिन्ता जनाएका छन । यसप्रति कार्यकारी निर्देशक मल्ल बेखवर जस्तै रहेको अस्पताल स्रोत बताउँछ । यसकारण पनि निर्देशकको ध्यान समयमै जानुपर्ने समाचार स्रोतले जनाएको छ ।
२०८० पुस ६ गते तत्कालीन कार्यकारी निर्देशक अधिकारीको कार्यकाल सकिएको थियो । त्यसपछि केन्द्र कार्यकारी निर्देशकविहीन हुन पुगेको थियो । लगत्तै तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गरी मल्ललाई नै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए । मल्ल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । देउवाकै सद्भावले उनी केन्द्रको कार्यकारी निर्देशक बन्न सफल भएको स्रोतको भनाई रहेको छ ।
यसअघि देउवा प्रधानमन्त्री रहेकै बेला मल्लले अस्पताल सञ्चालक समितिबाट अवकाशको उमेर हद फेरबदल गराएका थिए । नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य मन्त्री बनेका भवानीप्रसाद खापुङले मल्लकै लागि अवकाशको उमेर हद ६३ वर्ष बनाउने निर्णय गरिदिएका थिए । अवकाशको उमेर हद ६० वर्ष रहेकोमा मल्ललाई केन्द्रको कार्यकारी निर्देशक बनाउने गरी सञ्चालक समितिले उमेर हद बढाएर ६३ वर्ष पु¥याएको स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर ३)

प्रतिकृया दिनुहोस