🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यूएईलाई हराउँदै नेदरल्याण्डस लिग-२ को तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । नेदरल्याण्डसले आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेदरल्याण्डसले यूएईलाई ६७ रनले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको २४२ रनको लक्ष्य पछाएको यूएईले ४५.२ ओभरमा अल आउट हुँदै १७४ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।

यो जितपछि नेदरल्याण्डस लिग-२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्डसको ११ खेलमा १४ अंक भएको छ र समान १४ अंक रहेको स्कटल्याण्डभन्दा रनरेटमा अगाडि हुँदै तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै यूएईले भने लिग-२ मा नवौं हार बेहोरेको छ । यूएईको ११ खेलमा ४ अंकसहित पुछारमा रहेको छ ।