🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’हरिबहादुरको जुत्ता\’ मा अभिनेत्री स्वस्तिमा अनुबन्ध

काठमाडौँ । अभिनेता हरिवंश आचार्यले चर्चित सिरियल ‘मदनबहादुर-हरिबहादुर’ मा निर्वाह गरेको हरिबहादुरको चरित्रमा आधारित भएर बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का भित्रिएकी छन् । 

शुक्रबार निर्माता सरोज ओलीले स्वस्तिमासँग कागजी सम्झौता गरेको जानकारी दिएका छन् । हरिवंशकै शीर्ष भूमिका रहेको यस फिल्ममा गायक प्रकाश सपूतको पनि अभिनय हुने बताइएको छ । 

हरिवंशसँग स्वस्तिमाले पहिलोपटक फिल्ममा काम गर्न लागेकी हुन् । यसअघि म्यूजिक भिडियो ‘कर्कलो कोक्याउला’मा भने उनीहरुको सहकार्य भइसकेको छ । त्यस्तै, प्रकाशसँग स्वस्तिमाको फिल्ममा यो दोस्रो सहकार्य हुनेछ । हाल स्वस्तिमा प्रकाशकै अभिनय तथा निर्देशनमा बनिरहेको फिल्म ‘वसन्त’को छायांकनमा व्यस्त छन् । 

फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्य स्वयंको रहेको छ भने फिल्मको निर्देशक दीपेन्द्र के. खनालले गर्दै छन् ।