– शरदराज गौतम
निर्वाचन आयोगमा राजपाको दल दर्ताको आवेदन
सिङ्गो मधेशको झरि र ब्ँँढीलाई उसको छाताले छेक्न
पुग्दो छ भनेर ब्ँोली हाल्ने अबस्था छैन ।
त्यसैले, यतिखेर राजपाप्रति मधेश मौन छ ।
डोमहरूको बस्तीमा आफ्ना पूर्खाले गरेका शोषण र विभेदप्रति क्षमा माग्दै
गोंसाई पूजन गरेको सामाजिक सञ्जालको फोटोको अर्थ बुझ्न
मधेशलाई कम्तीमा एक दशकले पुग्दैन ।
खण्डखण्डमा धाराब्ँँहिक बा“च्नु पर्दछ, तिनले ।
मधेशको चर्को शोषण, दमन र विभेदको खेल
सिंहदरबार र काठमाण्डौंतिर चोर औंला देखाएर एकथरि बुद्धिजीबी
आफ्नो गुल्चे लङ्गुरबुर्जा खेल चलाई रहेका छन ।
हार्नेहरूको सांस्कृतिक चेत खुल्ने बितिक्कै यो स्वाहा हुन्छ, सप्पैलाई थाहा छ ।
राजपाको दल दर्ताको आवेदनको अर्थ बुझ्न
मधेशीहरूलाई कम्तीमा आफ्नो एक जुनी फाल्नु पर्नेछ ।
वेदानन्दको गुमनाम मृत्यु आज कोही पनि सम्झिन चाह“दैनन् ।
अनिल झा एउटा गजेन्द्र नारायणको लाश कहिलेसम्म बोकि हिंड्छन, थाहा छैन ।
यो झगडा वेदानन्द र गजेन्द्र नारायणको संधियारमा गएर टुङ्गिदैन ।
न यो सांस्कृतिक चेतमा लागेको धमिरामा नै गएर सखाप हुन्छ ।
यसको चुरो मधेश र यसको सत्तामा गएर चर्किएको छ ।
र यसैलाई मधेशी बुद्धिजीवीहरू फ्राई गरेर खान्छन्
र, मधशी नेता ग्रेभी बनाउ“छन ।
मधेशमा ‘जनसंख्याको सरोकार’ बुई चढेर आएको विषय हो ।
बोक्नेले एउटा बिसौनीमा झारि दिने बित्तिक्कै नेताहरू ‘अनिकाले’ हुन्छन ।
‘हाम्रा नभएकाहरू’ बोकेर शिकार खेल्न निस्किएका आन्दोलनकारीहरूलाई
अन्त्यहीन संघर्ष र आन्दोलनबाट मिल्ने भनेको वेदानन्दको गुमनाम मृत्यु मात्रै हो ।
त्यसै पनि यतिखेर देशको ठूलो अभिमत
मधेशलाई अलग थलग पार्ने बोझिलो कुरा अस्वीकार गर्दछ ।
दोश्रो चरणको चुनाव पछि जनताले दिएको जनादेश
न त नेपाली का“ग्रेस लत्याएर हिंड्न सक्छ
न एमाले झुकेर ल्याप्चे लाउन नै तयार हुन्छ ।
मधेशको संविधान संशोधनको बिषयमा एमालेले महाकाली सन्धि नै ग¥यो भने पनि
जित्ने मधेश हुदैन, उसको का“धमा कुकुर बोकाउने मालिक नै हुन्छ ।
राजपाको दल दर्ताको बिषय यै कोक्ल्या“टो कुइनेटो हो, आजको दिनमा ।
गुमनाम मृत्यु बरणको पहिलो खुड्किलो ।
मधेश आन्दोलनलाई यो स्थितिमा पु¥याउने अरु कोई होइनन्
न कसैलाई दोषै दिन मिल्छ ।
मधेशको आप्रवासी आवरण यसको चुरो हो ।
जसलाई मधेशी ढालमा नेपालको पहिचानमा हिलो छ्याप्न खोजिन्छ ।
धानको गुभा फुट्ने र पाक्ने बेलासम्म मात्रै हो ।
राजपा आफैमा दुई नम्बरबाट दुई नम्बरी हुन बेर लाग्दैन ।
मधेशको मौनतालई बुझ्नेहरू यतिखेर सचेत मात्रै छन ।
सबका सब हिसाब अघनमा हुनेछ, हेर्नुहोला ।



