🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गुहेश्वरीमा यसरी गरिँदैछ छठ पर्वको तयारी  (फोटोफिचर)

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी सुरु भएको छ । गुहेश्वरीमा छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावट र निर्माणलगायतका काम सुरु गरेको हो ।

विशेषगरी तराईमा जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय उपत्यका र पहाडी क्षेत्रहरुमासमेत मनाउन थालिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल भरि धुमधामका साथ मनाइन्छ।

छठपर्वका अवसरमा सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा अर्घ्य चढाउने गरिन्छ । छठ पर्व सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ ।
 

फोटोफिचर :