🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल र स्कटल्यान्ड भिड्दै : करण र भीमले खेल गुमाउने

 

काठमाडौँ, १९ कात्तिक : आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुनेछ । उक्त खेलमा नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यही शृङ्खलाको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो । 

यता स्कटल्यान्ड तेस्रो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रदैछ । स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो ।

आजको स्कटल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले नखेल्ने भएका छन् । दुवै जना खेलाडीलाई चोट लागेका कारण स्कटल्यान्डविरुद्धको खेल गुमाउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जानकारी दिएको छ ।

क्यानको अनुसार उनीहरुको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ । लिग–२ मा नेपाल ११ खेलमा पाँच अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । त्यस्तै स्कटल्यान्ड १० खेलबाट १३ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
–––