🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कमला ह्यारिसको र्‍यालीमा प्रसिद्ध गायिका लोपेज पनि सहभागी

काठमाडौँ । अमेरिकाको राष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेद्वार कमला ह्यारिसको र्यालीमा प्रसिद्ध अमेरिकी गायिका जेनिफर लोपेज पनि सहभागी भएकी छन् ।

कमला ह्यारिसको स्टेजमा जेनिफर लोपेज उपस्थित थिइन् । र्यालीलाई सम्बोधन गर्दै आफुले अहिलेसम्म भाग लिएको यो सबैभन्दा महत्त्वपूर्ण फोरम भएको बताएकी छन् । जेनिफर लोपेजले भनिन्, ‘म महिलाको शक्तिमा विश्वास गर्छु । "यस चुनावमा परिवर्तन ल्याउने शक्ति महिलामा छ ।'

त्यस्तै र्यालीलाई सम्बोधन गर्दै कमला ह्यारिशले भनिन्- 'अमेरिका डोनाल्ड ट्रम्पले सिर्जना गरेको विभाजनबाट थकित भएको छ । हामी कठिन सङ्घर्षबाट डराउँदैनौँ र जित्नेछौँ ।

ह्यारिसले आफुले हरेक दिन अमेरिकी अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताउदै न्यूनतम पारिश्रमिक बढाउनेछन् र काम गर्ने मानिसहरूका लागि लड्ने बताएकी छन् ।

पछिल्ला सर्वेक्षणहरुमा ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिष्पर्धा देखिएको छ । नोभेम्बर ५ मा हुने निर्वाचन अघि ६० मिलियन भन्दा बढी मतदाताले पोष्टल मार्फत र प्रि-मतदानमार्फत मत दिइसकेका छन् ।