२०७६-२-६ , सोमबार


मालपोतका  मरासिनी उच्च अदालतबाट दण्डित  

काठमाडौँ, १ जेठ   उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्व मरासिनीलाई रु पाँच हजार जरिवाना गर्ने आदेश जारी गरेको छ ।

 

 उच्च अदालतका न्यायाधीशद्वय मुहम्मद साविर हुसैन र टेकनारायण कुँवरको इजलासले आज अदालतको आदेशको पाँच पटकसम्म अवज्ञा गरेको हुँदा सो जरिवाना गरेको र सो जरिवाना अदालतमा आफै उपस्थित भएर सात दिनभित्र बझुाउन भनेको छ । 


    
मुद्दासम्बन्धी फाइल पटक/पटक पत्रचार गर्दासमेत उपलब्ध नगराएपछि अदालतको आदेश अटेर गरेर अवहेलना गरेको ठहर गर्दै जरिवाना गर्ने आदेश आदेशमा उल्लेख छ ।

 

आदेशमा पाँच वटा फाइल पटक÷पटक माग गर्दासमेत मालपोत कार्यालयले बेवास्ता गरेको हुँदा न्याय प्रशासन ऐनअनुसार मालपोत कार्यालयका प्रमुख मरासिनीलाई जरिवाना गर्ने निर्णय उच्च अदालतले गरेको हो । 

 

अदालतले विसं २०७५ को जेठ ६, असार ८, साउन १९, माघ ३, चैत ३ गरी पाँच पटक अदालतको आदेश कार्यान्वयनका लागि पत्र लेखेको तर आदेश कार्यान्वयनामा ध्यान नदिए पनि कारवाही गर्ने निर्णय गरेको आदेशमा उल्लेख छ । 
–––


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal