२०७६-२-६ , सोमबार


प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १ जेठ  : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी २०७६ जेष्ठ १ गते  स्वदेश फर्किएका छन्  ।  समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा २०७६  वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर जेठ १ गते  साँझ प्रधानमन्त्री ओली  स्वदेश फर्किएका हुन् ।

 

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको  थियो .। प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किएका छन्  । 


    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल,  गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुुवास नेम्बाङ  र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए । 
–––


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal