२०७६-२-६ , सोमबार


राबा बैंकको दरबारमार्ग शाखामा तीन हजार वटा लकर सेवा सुरु

साँघुन्यूज डटकम सम्बाददाता

काठमाडाैं, जेठ १ गते । राष्ट्रिय वाािणज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा २०७६ जेठ १ गते बुधबारबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ गरिएको छ  । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको समुद्घाटन गरेका छन् ।

 

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा संचालक गीता थापा मगरलाई लकरको साँचो प्रदान गर्दै बैंकको आफ्नै प्रशस्त पार्किग र सुरक्षित स्थान भएकोले ग्राहकले सस्तो र सुलभ दरमा यो सेवा उपभोग गर्न सकिने बताए ।


हाल करीब तीन हजार वटा लकर सेवा शाखाले संचालनमा ल्याएको छ । लकर सेवाको वार्षिक भाडा दर एक हजार पांच सय देखि तिन हजार रुपैंयासम्म पर्ने छ । महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइनेछ ।

 

बैंककले काठमाडौं उपत्यकामा मुख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा संचालन गरिरहेको छ ।

 

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशी, नि.विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, प्रदेश नम्बर ३ का नि.प्रमुख सोनी श्रेष्ठ, शाखा कार्यालय दरबारमार्गका प्रबन्धक रामकुमार थापा लगायतको उपस्थिति रहेको थियो ।     


बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal