२०७६-२-६ , सोमबार


नेपाल प्राध्यापक संघ पनि तीन बल्ड्याग खायाे त !!

साँघुन्यूज डटकम सम्बाददाता


काठमाडाैं, जेष्ठ १ । अहिले नेपालकाे राजधानीमा पत्रकार बाैद्धिक कि राजनीतिक दलका नेता, मन्त्री उपप्रधानमन्त्री बाैद्धिक भन्ने बहसले पत्रकारिता, राजनीतिक क्षेत्र मात्रै हाेइन सचेत नागरिकहरूबीचमा पनि चर्काचर्की पर्न थालेकाे छ ।

 

२०७६ वैशाख २९ गते आइतवार  एभीन्यूज टेलिभिजनमा सुशील पाण्डेले ''सकस'' कार्यक्रममा  उपप्रधानमन्त्री उपेन्द्र यादवसंग गरेकाे कुराकानीका क्रममा उत्पन्न असहज परिस्थितिका बारेमा पत्रकार ठीक कि उपप्रधानमन्त्री  ठीक भन्ने बहस चलेकाे छ । 

 


यस्ताे बहस राजधानी काठमाडाैंमा चलिरहेकाे समयमा  त्रिभवन विश्वविद्यालयका प्राध्यापकहरूकाे छाता संस्था   नेपाल प्राध्यापक संघकाे १६ औं राष्ट्रिय महाधिवेशन जेठ ९ गतेबाट सुरू हुन गइरेहकाे छ । जेठ ९, १०, ११ गते काठमाडाैं हुन गइरहेकाे राष्ट्रिय महाधिवेशनकाे निम्ताेमा ठूलै गल्ती भेटिएकाे छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयका कुलपति हुन् ।  नेपाल प्राध्यापक संघ जस्ताे संस्थाले आफ़्ना कुलपतिलाई समेत उपकुलपति भन्दै निम्ता कार्ड बाँड्नु नेपाल प्राध्यापक संघ जस्ताे संस्थाकाे यस्ताे गल्तीलाई उसकाे लापरवाही भन्ने कि के भन्ने ? उच्च बाैद्धिकहरूकाे संस्थाको निमंत्रणा पत्रमा  समेत याे हदकाे गल्ती,  लापरवाहीले समाजलाई के संदेश दिन्छ ? 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal