२०७६-२-६ , सोमबार


नेपाली सेनाद्वारा लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट घोषित 


  काठमाडौं, जेष्ठ १  । नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा बैशाख ३१ गते  साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गरेका थिए  ।


 
    प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए । समारोहमा दोस्रो हुने चलचित्रलाई रु एक लाख ५० हजार तथा तेस्रो हुने चलचित्रलाई रु एक लाख नगद र प्रशंसापत्र प्रदान गरियो । 


 
    समारोहमा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक र द शिवपुरी जर्नलका उत्कृष्ट तीन  लेखलाई पुरस्कृत गरियो ।

 

महासेनानी रञ्जीत थापा, प्रमुख सेनानी शिवराज पन्त र चिरञ्जीवी भण्डारीका लेख उत्कृष्ट घोषित भएका छन्  । उत्कृष्ट घोषित लेखका सर्जकलाई क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार नगद पुरस्कार र कदरपत्र प्रदान गरियो ।


 
    सोही समारोहमा प्रधानसेनापति थापाले नेपाली सेनासम्बन्धी विभिन्न जानकारीमूलक मोबाइल एपकोसमेत शुभारम्भ गरेका छन् । कार्यक्रममा बलाधिकृत रथी शरदकुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने छ वटा रेडियो तथा एफएम स्टेशनलाई कदरपत्र प्रदान गरेका थिए।  ।

 

    ‘नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी २०७५’ मा हुने टुमु कोतखाना डिपो, द्वितीय हुने प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालय र तृतीय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय लगायतलाई पनि समारोहमा प्रशंसापत्र प्रदान गरियो ।

 

    प्रत्येक वर्ष नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गरी उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्दै आएको छ । यस्ता प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्र उत्पादनमा उल्लेखनीय भूमिका खेल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा ११ चलचित्र सहभागी थिए ।
–––


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal