२०७६-२-६ , सोमबार


ग्लोबल आइएमई बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा

साँघुन्यूज डटकम संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्नजिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका – ७, तेबाङ्गमा १३३ औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका – ४, मुढा बजारमा १३४औँ, बाग्लुङ्गजिल्लाको बाग्लुङ्गनगरपालिका– १४, हटियामा १३५ औँ, सिराहा जिल्लाको अर्नामागाउँपालिका – ३, रामजानकी बजारमा १३६ औँ, पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका – ४, देवीनगरमा १३७ औँ र बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका – ७, रेश नुन्थलामा १३८ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

 

यी छ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवी तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । यसका साथै बैंकले अत्तरीया शाखामा १४५ औं ए.टि.एम. पनि सञ्चालनमा ल्याएको छ । 


शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानियप्रतिनिधिमार्फत  बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवालिन सक्नेछन् । 

]
कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आय स्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नु पर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।


ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४५ एटिएम तथा १३८ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 


त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।

 

साथै अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal