२०७६-२-६ , सोमबार


दशैंभन्दा अघि नै चिनिया राष्ट्रपति सी नेपाल आउने संकेत 

साँघुन्यूज डटकम संवाददाता

काठमाडौं, २०७६ बैशाख ३१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले नेपाललाई दुईवटा फाइदा ग¥यो । एउटा यातायात तथा पारवाहनका लागि चिनिया बाटो खुल्यो । अब चीनको बाटो हु“दै संसारका अन्य वजारमा पुग्न सकिने भयो । हिजोसम्म भारतको बजारमा सीमित नेपालको व्यापारिक बाटो चीनमा पुग्यो ।

 

त्यसमा पनि चीनसंगको सम्झौता भूपरिवेष्ठित मुलुकले पाउने अन्तर्राष्ट्रिय सुविधासहितको सम्झौता हो । जबकि भारतले भूपरिवेष्ठित मुलुकले पाउने अधिकारभन्दा पनि छिमेकीको हैसियतमा दिएको सुविधामात्रै हो ।

 

त्यस कारणले नेपाल र चीनबीचको सम्झौता निकै महत्वपूर्ण छ । त्यसमा अर्को महत्वपूर्ण पक्ष के छ भने यातायाता तथा पारवाहन सम्झौतामा चीनका वन्दरगाहबाट काठमाडौं आउने रुट तोकिएको छैन ।

 

चीनबाट नेपाललाई सहज र छोटो पर्ने जुनसुकै रुट प्रयोग गरेर पनि सामान ल्याउन पाइनेछ तर भारतले रुट निर्धारण गरिदिएको छ । अर्काे महत्वपूर्ण पक्ष भनेको चिनिया राष्ट्रपति सी जिनफिडको नेपाल भ्रमणको संभावना बढाएको छ ।

 

परराष्ट्र स्रोतका अनुसार, आउँदो दशैंभन्दा पहिला सी नेपाल भ्रमणमा आउन सक्ने संभावना छ । त्यसमा पनि भारत, नेपाल र पाकिस्तानको एकैपटक भ्रमण गर्नेगरी राष्ट्रपति सीले योजना बनाउन सक्ने चीन निकट स्रोतको भनाइ छ ।

 


राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने वातावरण यो बर्ष बन्न नसकेमा प्रधानमन्त्री ली खछाङ आउन सक्ने पनि स्रोतहरुको दावी छ । नेपालमा चीनका राष्ट्रपति भ्रमणमा नआएको २६ बर्ष भइसकेको छ । त्यसैगरी चिनिया“ प्रधानमन्त्री  नेपाल भ्रमणमा नआएको भने ६ बर्ष भइसकेको छ । सन् २०१२ जनवरी १४ मा ५ घण्टाका लागि प्रधानमन्त्री वेन जियावाओ आएका थिए । त्यसपछि नेपालका प्रधानमन्त्री जाने तर उताबाट भने नआउने क्रम चलिरहेको छ । 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal