२०७६-२-६ , सोमबार


प्रचण्ड–सीता ५० औं बर्षगाँठ विवाह महोत्सव : बिना मगर परिवारबाटै आउट  !!

साँघुन्यूज डटकम सम्बाददाता

 

काठमाडौं, २०७६ वैशाख २५ गते । समयले मानिसलाई कहाँ  कहाँ  पु¥याउछ  । त्यसैले मान्छेहरुले भन्ने गर्छन् कि समयभन्दा बलवान केही छैन । हुन पनि, जो व्यक्ति कुनै विषय वा सन्दर्भको चर्को आलोचक हुन्छ त्यो व्यक्ति अन्ततः त्यसैमा समर्पित हुन्छ । यस्ता उदाहरण प्रशस्त छन् नेपाली समाजमा । चाहे राजनीतिक विचारसंग जोडिएका सन्दर्भ हुन वा सामाजिक विषयसंग । 


 अहिले त्यस्तै भएको छ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हकमा पनि । कुनै बेला धर्मलाई अफिमको रुपमा व्यख्या गर्दै पण्डितहरुलाई समेत हत्या गर्न उनको पार्टी सक्रिय भयो । तर, पछि तिनै ‘क्रान्तिकारी’ नास्तिक प्रचण्ड नै भैंसी पूजा र पुराण कार्यक्रम उद्घाटन गर्दै हिंडे । 


त्यतिले नपुगेर प्रचण्डको परिवारमा अहिले नयाँ घटना हुँदैछ अर्थात प्रचण्डले आफ्नो विवाहको ५० औं बर्षगाँठ पनि भव्य र औपचारिकरुपमा मनाउदैछन् पहिलोपटक ।

 

आजसम्म जन्मदिन, वैवाहिक उत्सव औपचारिक निम्ता सार्वजनिकरुपमा कार्ड बाँडेर  नमनाएका प्रचण्डले आफन्तको काजक्रिया पनि गर्दैनन् ।

 

तर, २०७६ बैशाख २६ गते बेलुका ५ बजे, प्रचण्ड निवास सुनाकोठी, ललितपुरमा  प्रचण्डले भब्य वैवाहिक उत्सव कार्यक्रम आयोजना गर्दैछन् । 


 वैवाहिक जीवनको ५० औं  बर्षगाँठ जस्तो कार्यक्रमको औपचारिक निम्ता बाँडेर आयोजना गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डलाई कसले उकास्यो भन्ने प्रश्न पनि उठेको छ ।

 

कार्यक्रमको आयोजक भने प्रचण्ड र सीता दाहालका छोरीहरु गंगा र रेणु दाहाल रहेका छन् । उनीहरुको नाममा रातो निम्ता कार्ड वितरण गरिएको छ । तर, आश्चर्य चाहिं बुहारी तथा खानेपानी मन्त्री विना मगरको नाम कतै उल्लेख छैन ।

 

मंत्री बिना हाल परिवारबाटै आउट भएको यो घटनाले पनि पुष्टि गर्दा छ । प्रचण्डका  छोरा प्रकाश दाहालको स्मृति सभामा विनाले आफ्ना नाम राखेर लफडा सिर्जना गर्दा प्रचण्ड परिवार विनासंग रिसाएको थियो । त्यसो त मन्त्री भएपछि रेणु र गंगा दाहाललाई टेरपुच्छर नलगाएको चर्चा सुनिन्छ । त्यसले गर्दा पनि बुहारी विनासंग प्रचण्ड परिवार खुसी छैन भन्ने स्पष्ट हुन्छ ।  


 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal