२०७६-२-६ , सोमबार


प्रहरीका हाकिमहरूको नाममा मिटरब्याजको धन्दा

श्रीमान सम्पादकज्यू

 

साठीको दशकमा क्यासिनोमा जुवा हारेर टाट पल्टिएकाहरूलाई घरजग्गाको धनीपूर्जा वा गाडी धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्नेहरू पछिल्लो समयमा पनि यसमा सक्रिय छन् । पछिल्लो समयमा आपतविपत्मा परेकाहरूको घरजग्गाको पूर्जा वा गाडी धितोमा राखी मिटरब्याजमा पैसा लगानी गर्दैआएका छन् ।

 

मिटरब्याजमा २ करोड दिएर २ बर्षमा ८ करोड रुपैयाँ तिर्दा पनि चुक्ता नगरेको भन्दै महेशबहादुर सिंहले कन्चटमा बन्दुक तेर्साएपछि एक समय चर्चित अर्बिट इन्टरनेशनलका उद्धव केसी सपरिवार जापान पलायन हुनुपरेको छ । उद्धव केसी एक उदाहरण हुन्, कयौं उद्धव केसीहरूलाई उनीहरूले मिटरब्याजमा पैसा लगानी गरी करोडको सम्पत्ति लाख दिएर हडपेका छन् ।

 


 महेश सिंह, वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’ देखि ऋषि सुवेदीको धन्दा मिटरब्याज नै हुँदैआएको छ । यिनीहरूमध्ये अधिकांशले प्रहरीको पैसा लगानी गर्दैआएका छन् । प्रहरीको पैसा लिएर चर्को ब्याजमा लगानी गर्दैआएको यो समूहका महेश सिंह र वीरेन्द्रलालले धेरैका करोडका घर लाखमै कब्जा गरी रोडमा पु¥याइदिए ।

 

महेश सिंहलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा चलाएपछि मिटर ब्याजको धन्दाबाट पलायन भइसकेका छन् । बलराम सापकोटा बलेले झापाको धुलाबारीमा होटल मेची क्राउनमा लगानी गरेका छन् । बले पछिल्लो समयमा अदालतका बीचौलिया पनि हुन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पनि आफ्नो कनेक्सन छ भन्दै मुद्दामा करोडौंको डिल गर्दैआएको चर्चा छ । 

 


वीरेन्द्रलाल श्रेष्ठले अहिले पनि मिटरब्याजमा लगानी गर्दैआएका छन् । यद्यपि किरण गौतम र कल्याण तिम्सिना एआइजी हुँदाजस्तो उनको चकचकी अहिले छैन । अहिले मिटरब्याजमा उदाउँदा पात्र हुन्, ऋषि सुवेदी । प्यूठान घर भएका उनी पूर्वडीआइजी तथा सांसद नवराज सिलवाल, नेपाल प्रहरीका एसएसपी उत्तम सुवेदीको नाम लिंदै मिटरब्याजमा लगानी गर्दैआएका छन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वअसई सुवेदीले सापटी लिएर मिटरब्याजमा लगानी गरी छोटो समयमा अथाह सम्पत्ति आर्जन गरेका छन् ।

 


  बिराटनगरतिरका कुमारी पुरीले सुवेदीसँग डेढ बर्षअघि १५ लाख सापटी लिएका थिए । उनले अहिलेसम्म ३५ लाख तिरिसक्दा पनि अझै साँवा जतिको त्यति नै छ । उनले केही दिनअघि पुरीलाई यो रकम पूर्वडीआइजी सिलवाल र सुवेदीको हो भन्दै तुरुन्त चुक्ता गर्न चेतावनी दिएपछि उनी तनावमा परेका छन् ।

 

प्रहरीका बिचौलियाका रुपमा चिनिने सुवेदी एक प्रहरी अधिकृतका विरुद्ध अर्कालाई कुरा लगाएर एकअर्कामा विवाद गराउने काममा पनि उत्तिकै लाग्ने गरेका छन् । यस्तै प्रवृत्तिका कारण विवाद हुँदा एसपी आभूषण तिम्सिना र सुवेदीबीच २ बर्षअघि हात हालाहाल समेत भएको थियो ।      –जुनियर प्रहरी अधिकृतहरू, प्रहरी प्रधान कार्यालय, नक्साल 
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal