२०७६-२-६ , सोमबार


नेपाली काङ्ग्रेस पार्टीमा खुट्टा तान्ने प्रवृत्ति : पौडेल

रामेछाप, २५  वैशाख (रासस) : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रिएको बताएका छन्  ।  

 

    उनले भने, “तपाईंहरु देउवा पनि नबन्नुस् तपाईहरु पौडेल पनि नबन्नुस्, तपाईहरु केवल नेपाली काङ्ग्रेस भन्नुस् ।” वर्तमान सरकार अराजकतर्फउन्मुख भएको उनले आरोप लगाए  । 

 

    नेपाली काङ्ग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईंले रामेछाप नगरपालिकालाई उपलब्ध गराएको शववाहन हस्तान्तरण गर्न रामेछाप बजारमा बैशाख २४ गते आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले अहिले प्रदेश र स्थानीय सरकारको अधिकार खोसी केन्द्रिकृत शासन सत्ता लाद्न खोजिएको आरोप लगाए  ।  

 

पार्टीका केन्द्रीय सदस्य रामशरण महतले सरकारले पूर्वसरकारले ल्याएको कार्यक्रम आफ्नो कार्यक्रम भन्दै जनतालाई झुक्याइरहेको आरोप लगाए  । 
–––


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal