२०७६-२-६ , सोमबार


स्वास्थ्यका लागि फाइदाजनक यी खराब बानी

 

भनिन्छ नि खराब बानी त्याग्नु पर्दछ । तर यहाँ केही यस्ता खराब बानीहरू छन् जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । जो व्यक्तिहरू आफ्ना खराब बानी त्याग्न नसकेर बसिरहेको छ उसका लागि यो राम्रो खुराक हुन सक्दछ । 


१. गाली गर्नु : यदि तपाई एकदमै रिसले चुर भएर कसैलाई गाली गर्नुहुन्छ भने पक्कैपनि त्यहाँ तपाईको कुनै शिष्टाचार हुँदैन तर पनि तपाई पीडा तथा दुख कम गर्न यो एकदमै अमूल्य चिज हो । न्यूरोरीपोर्ट जर्नलमा छापिएको एक शोधका अनुसार गाली गर्नाले शरीरमा ‘फाइट अर फ्लाइट रेस्पोन्स’ बढाउने काम गर्दछ । 

 


२.बियर पिउनु : सायद बियर पिएर मानिसले आफुलाई खराब व्यक्ति भन्न सक्दछ तथा आफूलाई जड्याँहा नै मान्न सक्दछ तर यो खराब आदत पनि शरीरका लागि फाइदाजनकको सूचीमा परेको छ । यसले हृदयका रोगहरूको खतरालाई कम गर्दछ । यूरोपियन जर्नल अफ एपिमेडियोलोजीमा प्रकाशित शोधले थोरै मात्रामा बियर पिउनु हृदय रोगको खतरालाई ३१ प्रतिशतले घटाउने जानकारी दिएको  छ । 

Image result for drinking beer


३.नकारात्मक सोच : नकारात्मक सोच एक सकारात्मक पक्ष्ँ पनि हो । पिएलओएस जर्नलमा छापिएको शोध अनुसार नकारात्मक भावनालाई जसले गम्भीररुपमा लिइरहको हुन्छ ऊ भावनात्मकरुपमा अधिक मजबुत र बलियो भएका हुने र आफ्नो हेरचाह राम्रोसँग गर्न सक्ने बताएको छ । 

Image result for Negative thoughts


४.कुराकानी गर्नु : यदि तपाई अरु कोहीसँग कुराकानी गर्दै कार्य गर्नुहुन्छ भने तपाई सामाजिक व्यक्तित्व हुन सक्नुहुन्छ । यो कुरा सोसल साइकोलजिकल एन्ड पर्सनालिटी साइन्स जर्नलले एक शोधमा कुराकानी गर्ने व्यक्तिले व्यक्तित्वलाई हल्का गराउने र काममा प्रभावित गर्ने कुरा खुलासा गरेको हो । 

 

Image result for talking each other


५.चुइगम चपाउनु : हामी चुइगम चपाउनुलाई अशिष्ट र नराम्रो मान्ने गर्दछौं । तर एपेटाइट जर्नलमा प्रकाशित एक शोधले भने चुइगम चपाउने व्यक्तिको दिमाग तेज हुने बताएको हो । चुइगम चपाउनुलाई बौद्धिक अभ्यास पनि मान्ने गरिन्छ । 

Related image


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal