२०७६-२-६ , सोमबार


सञ्चारकर्मी सन्दीप भट्टद्वारा निर्देशित नयाँ गीत बजारमा

साँघुन्यूज डटकम सम्बाददाता

बैशाख २१,  काठमाडौँ ।नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुति  रहेको ‘तिमीलाई मायाँ  गर्ने मान्छे...’ बोलको गीतको म्यूजिक भिडियो बैशाख २० गते शुक्रबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । 


जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका छन ।

 
सन्तोष सुनारले छायाँकन गरेको सो गीतको म्यूजिक भिडियोमा सुमन ढकाल, अस्मिता काफ्ले तथा बालकलाकार राजन सुनार र कृतिका अधिकारीले अभिनय गरेका छन ।

 

गीतको छायाँकन नवलपरासीका विभिन्न स्थानमा गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal