२०७६-२-६ , सोमबार


आयो इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ गीत

साँघुन्यूज डटकम सम्बाददाता

काठमाडौं – गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीत २०७६ वैशाख १९ गते बिहीबार सार्वजनिक भएको छ । इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत बार यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।


देउडा भाकाका गीतबाट डेढ दशकअघि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले कयौँ गीत गाइसकेकी छिन् ।

 

आधुनिक गीत–संगीतकी सर्जक भट्टराईले गाएको ‘तिमी हाँस्दा हासौँला’ गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ । 


वियोगान्त गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन् । तिलक फिल्म्स्को पोस्ट प्रडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायाङ्कन महेश महराले गरेका हुन् ।
 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal