२०७६-२-६ , सोमबार


पहिलेका घुमुवा अहिलेका पत्रकार

श्रीमान सम्पादकज्यू

 

नेपाल प्रहरीमा घुमुवाका रुपमा कार्यरत रही अकूत सम्पत्ति आर्जन गरेका अवकाश प्राप्त कनिष्ट अधिकृतहरू पत्रकारको भेषमा पुनः तस्करी गर्ने र तस्करलाई थर्काउँदै असुलीमा सक्रिय छन् । विशेषगरी तत्कालीन मध्यमाञ्चल क्षेत्र अन्तर्गतका बारा, पर्सा, सर्लाही, रौतहट, धनुषा र महोत्तरी जिल्लामा कार्यरत घुमुवाहरू अवकाशपछि पत्रकारको परिचयपत्र लिएर तस्करहरूकोमा धाउने गरेका छन् ।

 

विगतमा प्रहरीमा हुँदा असुली गर्दैआएका उनीहरू अहिले पत्रकारको आवरणमा यस्तो क्रियाकलापमा लागेका छन् । भूपू सई बच्चु कुर्मी, सईबाट अवकाश पाएका डम्बर थापा, भूपु असई मुर्चुगा मियाँ लगायत पत्रकारको परिचयपत्र लिएर हिंड्ने गरेका छन् । कुर्मी सर्लाहीमा तत्कालीन एसपी गणेश केसीका घुमुवा थिए  ।

 

पछि केसी मध्यक्षेत्रको डीआइजी हुँदा कुर्मी अवकाश भए पनि सबै घुमुवा सेट गरी पैसा उठाउने भनेर चिनिएका थिए । मियाँ बारा, पर्सा, रौतहटमा लामो समय घुमवा बसेर बदनाम भएका थिए । डम्बर थापा पूर्व एआइजीपी जयबहादुर चन्दका घुमुवा थिए । उनलाई चन्दले काठमाडौंको नागढुंगा नाकामा खटाएका थिए ।   

 


यी बाहेक अरु केही घुमुवाले समेत अवकाशपछि पत्रकार परिचयपत्र बनाएर तस्करहरूकोमा धाउने गरेका छन् । उनीहरूले विगतमा प्रहरी भएर दुःख दिए, अहिले पत्रकार भएर पनि उस्तै हर्कत गर्दैआएका छन् ।                                            – जुनियर प्रहरी अधिकृतहरू, प्रदेश नम्बर–२ 


प्रतिक्रिया दिनुहोस

CONTACT US

साँघु न्यूज नेटवर्क

फोन ४२३०७४८

[email protected]

sanghunews.com, यतिप्लाजा, बागबजार

KEEP IN TOUCH

ABOUT US

सम्पादक : रामकला बुढाथोकी / सूचना विभाग दर्ता प्रमाणपत्र नं. ६७६/०७४–७५/   राजनीतिक चस्का र झस्काका लागि  ३९ वर्ष अघि पंचायती क्रुर कालखण्डमा जन्मिएर जेल, नेल, दर्ता खारेजको समेत साँघु साप्ताहिकले सामना गर्दै प्रजातन्त्र, विधिको शासन, भ्रष्टतन्त्रको जरोकिलो उखेल्ने अभियानमा सक्रिय हुँदै नेपाली पत्रकारिता जगतमा आफ्नैपन अंगालेर पाठकहरुको... पूरा पढ्नुहोस

© २०१७ साँघुद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित     |     WEBSITE by : i-Tech Nepal